-

  • नयाँ खबर

    08 March, 2016

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक ¥याली

    वीरगंज २५ फागुन, १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।“लैङ्गिक समान्ताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, हिला अधिकार सुनिश्चित गरौं” भनने मुल नाराका साथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती, ठोरीमा जनचेतनामुलक ¥याली निकालेको छ । आयोजक संस्थाका कार्यक्रम प्रमुख दिपेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥यालीले गाउँको विभिन्न परिक्रमा गर्दै महिला हिंसा सम्बन्धि जनचेतना जगाइएको थियो ।
    ¥यालीमा आयोजक संस्थाका अवधेश कुमार राम, नरेश जैसवाल, सञ्चारकर्मी श्रवण साह, स्थानिय भद्रभलादमी, महिला, सर्वसाधारणको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । गाविस सुवर्णपुरको १ देखि ९ सम्मका वडाहरुमा ¥याली निकालिएको थियो । जसमध्ये सबै भन्दा बढि सहभागीता भएको वडा नं. ७, वडा नं. ९ र वडा नं. १ लाई क्रमशः ८, ७ र ५ सयको दरले आयोजक संस्थाले नगद सहयोग समेत गरेको कार्यक्रम संयोजक दिपेन्द्र कुमार साहले जानकारी दिनु भयो ।
    यसैगरी पर्साको ठोरीमा अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक ¥याली Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top