-

  • नयाँ खबर

    06 March, 2016

    महाशिवरात्रि -भोलि , साधु–बाबा आउने क्रम जारी


    फाल्गुन २३, २०७२ -  भोलि सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।
    पशुपतिनाथको दर्शन पूजा गर्न त्यहाँ विहान सबेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । यस दिन मन्दिरको चारवटै ढोका खुल्ला रहन्छ । यस पर्वमा पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्धितीय, तृतीय र चतुर्थ प्रहरमा विभाजित गरी क्रमशस् दुध, दही, धिउ र महले स्नान गराउने परम्परा छ ।
    वैदिकहरुले भाद्र कृष्णपक्ष अष्टमीको रातलाई मोहरात्रि, विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कार्तिक कृष्णपक्ष औंशीको रातलाई सुखरात्रिको रुपमा मनाइएझैं फाल्गुण कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि मनाउने गर्दछन् ।
    यस अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका पशुपति क्षेत्रलगायत राजधानीका विभिन्न अखडामा बसेका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीहरु समेतलाई गुठी संस्थानले शनिवार रातिदेखि बुधबार बिहानसम्म नै निस्शुल्क भोजन गराई त्यसै दिन दान दक्षिणासहित पशुपति मन्दिरपरिसरबाट विदाई गरिन्छ । साथै उनीहरुलाई धुनी जगाउन पनि गुठी संस्थानले निशुल्क मुढा पनि उपलब्ध गराउँछ । राज्यको तर्फबाट उनीहरुलाई दान दक्षिणा गर्न चमर, राडी, कमण्डलु, शंख, घण्टा, चादर, बख्खु, पिताम्वर, सिदाका सामाग्री, फलफूल आदि शनिवार राष्ट्रपति भवनमा लगि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराई ल्याइसकेको पशुपति गोश्वाराका प्रमुख खिमा ओलीले बताइन् ।

    यस वर्ष ५ हजार साधु बाबा तथा ११ लाख भक्तजन शिवरात्रिमा पशुपति आइपुग्ने कोषले अनुमाग गरेको छ । यसै दिन राजधानीको टुँडिखेलमा नेपालीसेनाद्वारा प्रस्तुत गरिने शिवरात्रि बधाई कार्यक्रममा राष्ट्रपति सरिक हुने परम्परा छ ।
    यस दिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी जगाई आगो ताप्ने गर्दछन् । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखडगलाई राजकिय सम्मानका साथ त्यहाँ पुर्‍याइँछ । राजखडग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भट्मास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादको रुपमा बाँड्ने गर्दछन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महाशिवरात्रि -भोलि , साधु–बाबा आउने क्रम जारी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top