-

  • नयाँ खबर

    03 March, 2016

    नेपालका एकमात्र अर्बपति उद्योगपति विनोद चौधरी टाट पल्टिदै

    काठमाडौं, २० फागुन । नेपालका एक मात्र अर्बपति उद्योगी विनोद चौधरी सम्पत्ति घट्न थालेको छ ।
    चौधरी ग्रुपका मालिक समेत रहेका चौधरीको पछिल्लो एक वर्षमा सम्पति घटेको हो । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा २ मिलियन डलरले कमी आएको हो ।  
    फेरिपनि बिल गेट्स विश्वकै पहिलो धनी
    सन् २०१५ को मार्चमा चौधरीको १.३ बिलियन अमेरिकी डलर सम्पति रहेको थियो । सन् २०१६ को मार्चसम्म आइपुग्दा घटेर १.१ बिलियन डलर पुगेको छ ।
    सन् २०१५ मा अर्बपछिको सूचीमा १,४१५ औं स्थानमा रहेकोमा सन् २०१६ मा उनी १५७७ औं स्थानमा खस्केका छन् ।
    भारतीय मूलका नेपाली व्यापारी विनोद चौधरीको चौधरी ग्रुपदेखि नबिल बैंकसम्म लगानी रहेको छ । उनले नेपाल लगायत सर्बिया, साउदी अरेबिया, भारत र बंगलादेशमा समेत लगानी गरेका छन् ।
    फोब्र्सले सार्वजनिक गरेको सूचीमा फेरिपनि बिल गेट्स विश्वकै पहिलो धनी बनेका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालका एकमात्र अर्बपति उद्योगपति विनोद चौधरी टाट पल्टिदै Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top