-

  • नयाँ खबर

    06 March, 2016

    ह्वाट्सएपले ल्यायो नयाँ फिचर्स

    मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले आफ्नो आइओएस तथा एन्ड्रोइडको अपडेटेड भर्सन सार्वजनिक गरेको छ ।
    दुबै प्लेटर्फमका लागि अलग अलग अपडेट जारी गरिएको हो । अर्थात् जुन फिचर्स अहिले आइफोन चलाउनेले ह्वाट्सएपमा प्राप्त गर्दछन् त्यो एन्ड्रोइडमा उपलब्ध हुनेछैन । तर एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि ह्वाट्सएपले बढि सुविधाजनक तथा नयाँ अपडेट्स उपलब्ध गराएको छ । के के छन् त नयाँ अपडेट्स ?
    • क्लाउडबाटै फोटो तथा भिडियो पठाउनुहोस्
    सबैभन्दा पहिलो कुरा गरौँ आइफोनको । अब आइफोन प्रयोगकर्ता ह्वाट्सएपको २।१२।१४ भर्सनमा गुगल ड्राइभ तथा ड्रपबक्सबाट पनि फाइल पठाउन सक्नेछन् । आइक्लाउड ड्राइभ, गुगल ड्राइभ, ड्रपबक्स आदिलाई एकत्रित गर्न सकिनेछ । अर्थात् तपाइँले क्लाउड स्टोरेजमा सेभ गरेका फोटो तथा भिडियोलाई सिधै ह्वाट्सएपमा पठाउन सक्नुहुनेछ । 
    यसरी इन्टिग्रेट गर्नुस् क्लाउड
    क्लाउड सर्भिसमा स्टोर भएका फोटो तथा भिडियो शेयर गर्नका लागि यी चरण पूरा गर्नुहोस् स्
    च्याट विन्डोको पुछारमा देखिने वाणजस्तो बटनलाई ट्याप गर्नुहोस् ।
    Photo/video library अप्सन छनोट गर्नुहोस् ।
    Choose from another app अप्सन छनोट गर्नुहोस् ।
    यहाँ तपाइँले आइक्लाउड ड्राइभ डिफल्ट रुपमा छनोट भएको पाउनुहुन्छ । त्यस्तै तपाइँको आइफोनमा इन्स्टल भएको गुगल ड्राइभ वा अन्य क्लाउड एप पनि तपाइँले छनोट गर्न सक्नुहुन्छ ।
    • भिडियो जूम गर्न सकिने
    अब क्लाउडबाट एक्सेल सिट तथा वर्ड डकुमेन्ट पठाउन सकिनेछैन । यसका अलावा अब अब प्रयोगकर्ताले भिडियो प्ले गरेको बेला त्यसलाई जूम गरी ठूलो आकारमा हेर्न सक्नेछन् ।
    सुरुवातमा यो फिचर केवल आइओएस प्लेटर्फममा मात्र उपलब्ध गराइएको छ र एन्ड्रोइडमा उपलब्ध छैन । तथापि एन्ड्रोइड प्रयोगकर्ताका लगि समेत ह्वाट्सएपले केही सुविधाजनक परिवर्तन गरेको छ ।
    ह्वाट्सएपले अघिल्लो हप्ता आफ्नो अफिसियल बिटा टेस्टिंग प्रोग्राम गुगल प्ले स्टोरमार्फत लन्च गरेको थियो । त्यस लगत्तै ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर्स ल्याएको छ जसमा स्
    • च्याटबाट वेबलिंक कपी गर्न सकिने
    अब ह्वाट्सएपमा च्याटबाटै वेबलिंकहरु कपी गर्न सकिनेछ र यसबाट च्याट क्लिएर गर्न सजिलो हुनेछ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार दुइ नयाँ फिचर्स ह्वाट्सएपको पछिल्लो एन्ड्रोइड भर्सनमा थप गरिएको छ ।
    नयाँ भर्सनमा शेयर्ड लिंक हिस्ट्रीको एक नयाँ ट्याब थपिएको छ । जसमा लिंकमा ट्याप गरेसँगै च्याट संवाद खुल्नेछ । यसबाट प्रयोगकर्ताले लिंकलाई ट्याप तथा होल्ड गरेर कपी पनि गर्न सक्नेछन् । यसभन्दा पहिले त्यो सम्भव थिएन ।
    • च्याट हिस्ट्री हटाउन सजिलो
    यसका साथै च्याट हिस्ट्री डिलिट गर्न पनि अब निकै सजिलो भएको छ । प्रयोगकर्ताले ६ महिनाभन्दा पूराना देखि लिएर ३० दिनभन्दा पूराना च्याटहरु डिलिट गर्न सक्नेछन् । यदि तपाइँ कुनै मेसेजलाई स्टार दिनुभएको छ भने तपाइँले एक चेकबक्स प्राप्त गर्नुहुनेछ कि तपाइँले त्यसलाई डिलिट गर्न चाहनुहुन्छ कि हुँदैन । यो फिचर्स निकै उपयोगी हुने बताइएको छ ।
    • कसरी गर्ने डाउनलोड ?
    यदि तपाइँ एन्ड्रोइडमा यो फिचर्स प्रयोग गरिहनुभएको छैन भने गुगल प्ले स्टोरमा ह्वाट्सएपको बिटा टेस्टिंग प्रोग्रामबाट डाउनलोड गर्न सक्नुहुन्छ वा ह्वाट्सएपको आधिकारिक साइटबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ह्वाट्सएपले ल्यायो नयाँ फिचर्स Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top