-

  • नयाँ खबर

    08 March, 2016

    रामचन्द्र किन हारे ? यी हुन् हारका ४ कारण !

    भगवान रामचन्द्रले आफ्नै भाइ भरतलाई राजगद्दी त्यागेर १४ वर्ष वनवासको यात्रामा जानुपरेको थियो । अहिले कांग्रेसका कार्यवाहक सभापति रामचन्द्रले पनि चार वर्षका लागि पार्टीको गद्दी छाड्नुपरेको छ ।
    रामचन्द्र पौडेल किन हारे रु
    नेपाली राजनीतिमा पाँच दशक देखि निरन्तर रुपमा लाग्दै आएका पौडेलको जीवनमा यस्तो अवस्था सिर्जना हुनुमा अरु कोही नभएर उनी आफै दोषी छन् । पौडेलका हारका चारवटा कारण छन् ।
    पहिलो कारण – कृष्ण सिटौलालाई मिलाउन नसक्नु । पार्टी सभापतिमा उम्मेदवारी दिँदै गर्दा उनले संस्थापन पक्षकै बलिया हस्ती कृष्णप्रसाद सिटौलासहितलाई मिलाउन सकेनन् । यो उनको ठूलो कमजोरी हो । यदि यो कमजोरीलाई पौडेलले बेलैमा बुझेको भए हार व्यहोर्नुपर्ने थिएन ।
    दोस्रो कारण – सिंह, महत र कोइरालाको साथ । १३ औं महाधिवेशनको पूर्वसन्ध्यालाई एकपटक फर्केर हेर्ने हो भने पार्टीमा खासै जनाधार नभएका प्रकाशमान सिंह, डा। रामशरण महत, सुजाता कोइराला नेताहरुलाई सारथी बनाउन हुने थिएन । जसका कारण आज पौडेलको ५ दशक लामो राजनीतिक जीवनमा नराम्रो ठेस लाग्न पुगेको छ ।
    तेस्रो कारण( खुमबहादुरलाई तान्न नसक्नु । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र प्रभावशाली मानिएका खुमबहादुर खड्का पक्षधरलाई आफ्नो खेमामा ल्यान नसक्नु पनि पौडेलको ठूलो कमजोरी रह्यो । यदि पौडेलले खड्का पक्षधरलाई आफ्नो खेमामा ल्याउन सकेको भए नतिजा उनको पक्षमा पर्न सक्दथ्यो । त्यसमा पनि उनी चुकेकै हुन् ।
    चौथो कारण( साँघुरो घेरामा रमाउनु । ०४६ सालको परिवर्तनपछि प्रायः सत्ताको वरिपरि घुमेका पौडेल आफ्नो परिवार र नातेदारको घेराबाट बाहिर निस्कनु पनि उनको हारको अर्को कारण बन्यो ।
    यदि बेलैमा यी कमजोरीहरुलाई हटाएर उनी महाधिवेशनमा होमिएको भए आज उनले पराजय भोग्नुपर्ने थिएन । पौडेलको राजनीतिक जीवनमा जे नहुन थियो, त्यो भइसक्यो । त्यसैले अब पछुताउनु सिवाय अरु केही बाँकी छैन ।
    काग्रेसको पछिल्लो राजनीतिक अवस्थालाई नजिकबाट नियालेर हेर्ने हो सभापतिमा देउवाको जितसगै पार्टीमा देउवा पूर्णरुपमा हावी हुने स्पष्ट देखिन्छ । यस्तो अवस्थामा पौडेलले संसदीय दलको नेतादेखि अन्य प्रमुख जिम्मेवारी पाउने सम्भावना निकै नै कम छ ।
    यद्यपि १३ औं महाधिवेशनमा आफ्नो प्यानलबाट महामन्त्रीमा विपी पुत्र शशांकलाई अगाडि बढाएको हुँदा उनले जितेको खण्डमा पनि शशांक पौडेलसँग भन्दा देउवासँगै नजिकिने सम्भावना बढी छ ।
    माथिका विविध घटनाक्रमलाई मध्यनजर गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने १३ औं महाधिवेशनपछि कांग्रेसको आन्तरिक राजनीतिमा रामचन्द्रको यात्रा ‘राजनीतिक(वनवास’ को अवस्थामा पुग्ने खतरनाक मोडमा आइपुगेको छ । -डम्बर अधिकारी -अनलाइनखबर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रामचन्द्र किन हारे ? यी हुन् हारका ४ कारण ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top