-

  • नयाँ खबर

    02 March, 2016

    सडक दुर्घटना बढेकाले १८ लाखको मन्दिर स्थापना गरि महायज्ञ

     फागुन १९ पर्सा
    वीरगंज पथलैया सडक खण्ड अन्तर्गत सडक दुर्घटना बढेकाले स्थानियहरुले परवानिपुरमा श्री नरमदेश्वर महादेवको मन्दिर स्थापना गरि आजबाट महायज्ञ शुरु गरेको छ । महायज्ञको आज पहिलो दिन कुवारी नरिहरुले कलशमा जल भरि महायज्ञ सुरु गरेको छ ।
    वीरगंज पथलैया सडक खण्डमा अत्याधिक गाडिको चाप हुने हुँदा बढी दुर्घटना हुने गरेकाले करिब १८ लाख मुल्य बराबरको लागतमा नरमदेश्वर महादेवको मन्दिर स्थापना गरि महायज्ञ गर्न लागेको स्थानिय अमर यादवले बताए । मन्दिर स्थापना भएपछि दुर्घटना कमि हुने जनविश्वासका आधारमा मन्दिर स्थापना गराएर महायज्ञ गर्न लागिएको स्थानियहरुले बताएका छन् । आजवाट कलश यात्रा समपन्न भएको महायज्ञ फागुन २५ गते सम्म पुजा पाठ हुने र पुजामा पुर्व प्रधानमन्त्रि माधव नेपाल पनि सहभागि हुने  लगायतको कार्यक्रम रहेको आयोजकले जनकारी गराएका छन् । नव निर्मित मन्दिर तथा महायज्ञको पुजा पाठ महन्थ नागा बाबा श्री शिव गिरी जि महाराज गरिरहेको यज्ञ कर्ताले बताएका छन् ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सडक दुर्घटना बढेकाले १८ लाखको मन्दिर स्थापना गरि महायज्ञ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top