-

  • नयाँ खबर

    08 March, 2016

    नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।
    आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।
    सोमबार राति राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरी पौडेलले १ हजार २९६ मत प्राप्त गरेका छन् ।
    पहिलो चरणको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका देउवाले दोस्रो चरणको चुनावमा प्रतिद्वन्द्वी पौडेललाई ५२६ मतअन्तरले पराजित गरेका हुन् ।
    देउवाको जितसँगै कांग्रेसमा कोइराला परिवारको एकछत्र राज तोडिएको छ । देउवा सुदूरपश्चिम घर भएका तथा डडेल्धुराबाट निर्वाचित सांसद हुन् ।
    मतगणनाअनुसार दोस्रो चरणको निर्वाचनमा २२ वटा मत बदर भएको छ । यसअघि पहिलो चरणको निर्वाचनमा १०० वटा मत बदर भएका थिए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top