-

  • नयाँ खबर

    06 March, 2016

    किन तात्छ स्मार्टफोन ?

    यदि ब्याट्री चार्ज गर्दा स्मार्टफोनलाई अलि धेरै बेर चार्जमै छोड्नुभयो भने कहिलेकाहीँ अलिअलि तात्दछ । सामान्यतया स्मार्टफोनहरुमा यस्तो समस्या हुनु हुँदैन । तर पूराना स्मार्टफोनहरुमा यस्तो तात्ने समस्या हुनसक्छ । कहिलेकाहीँ धेरै डेटा प्रोसेसिंगका कारण पनि फोन तात्न सक्दछ ।
    स्मार्टफोनको जिपिएस लामो समयसम्म अन गर्नाले वा ब्लुटुथ स्पिकर अन भइरहनाले पनि फोन तात्ने समस्या पैदा हुने गर्दछ ।
    धेरै गेमिंगका साथै हाइ रिजोलुसनवाला फोटो लिँदा पनि स्मार्टफोन तातो हुने समस्या पैदा हुन्छ ।
    मालवेयर या भाइरसका कारण स्मार्टफोन तातो हुनु नयाँ कुरा होइन । यस्ता भाइरसले तपाइँको डाटा सर्भिस प्रयोग गर्दछन् किनकी यी भाइरसलाई तपाइँको फोनका डाटाको बारेमा जानकारी चाहिन्छ ।
    त्यसैले फोनमा रहेको इस्टलेसन फ्रम अननउन सोर्सेस भन्ने अप्सनलाई अफ गरिदिनुस् । यदि फोन तातेको छ र त्यो खोलभित्र छ भने त्यसलाई केही बेरका लागि खोलबाट झिक्नुहोस् । स्मार्टफोनको ब्याट्री तथा चार्जिंग केबल समय समयमा जाँच गर्नुपर्दछ । पूरानो स्मार्टफोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्दछ र त्यसलाई राम्रोसँग चार्ज गरेर मात्र चलाउनु पर्दछ ।
    प्रायः वाइफाइमा भइरहेको डाटाको प्रयोगमा हामीले ध्यान दिएका हुँदैनौँ । कहिलेकाहीँ वाइफाइ लामो समयसम्म चलाउँदा पनि स्मार्टफोन तात्न सक्दछ । ब्याकग्राउण्डमा चलिरहेका एपका कारण फोनको प्रोसेसरले बढि काम गर्नुपर्दा यसको तापक्रम बढ्ने गर्दछ ।
    तर तपाइँको स्मार्टफोन नयाँ हो र यसमा तात्ने समस्या छ भने सतर्क हुनुहोस् । नयाँ फोनमा यस्तो समस्या हुनु हुँदैन । तर धेरै लामो समयसम्म प्रयोग गर्दा वा लामो समयसम्म चार्ज गर्दा भने फोन तात्नु सामान्य कुरा हो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: किन तात्छ स्मार्टफोन ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top