-

  • नयाँ खबर

    01 March, 2016

    विकाशका लागि पर्सा क्षेत्र नम्बर ३ मा १ करोड ४४ लाख विनयोजन

    बीरगन्ज, १८ फागुन २०७२
    चालु आर्थिक वर्ष २०७२/७३ मा पर्सा क्षेत्र नं. ३ को विकाशकालागि १ करोड ४४ लाख रकम विनयोजन गरिएको छ । जिल्ला विकास समिति पर्साको सभाकक्षमा आज निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यान्वयनका संयोजक एवं सांसद राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले उक्त रकम विनयोजन गरेको हो ।
     ३ नम्बर क्षेत्रको पूर्वाधार विशेष कार्यक्रम अन्तरगत गोविन्दपुरको प्रावि भवन निर्माणमा ७ लाख , विश्रामपुरबाट शिव टोला हुदै मौजे नगर सम्म जाने ग्रेभल सडक निर्माणमा १४ लाख ,बैरिया विर्ता वार्ड न. ८ देखी पदम रोड सम्म ग्रेभलमा १० लाख , फुलकौल देखी रामनगरी सम्म ग्रेभल र गेट निर्माणमा २६ लाख,रामनगरी वडा न. ६ देखी हुलाकी सडक सम्मको सडक निर्माणमा  ७ लाख, बागवाना खेखरिया गाउ देखी जमुनिया सम्म सडक ग्रेभलमा १० लाख,बहुअर्वा भाठा गाविसमा मुल सडक मर्मतमा ३ लाख,सुर्याहा गाविस वडा न.१ देखी राधाकृष्ण मठ सम्मको सडक निर्माणमा ८ लाख,गाविस बहुअरी पिडरीको गण्डक नहर देखी मुख्य सडक सम्म ग्रेभल ८ लाख,थरुहट सडकमा कलर्भट निर्माणमा १० लाख,अमरपटी गाविसमा ठलानकोलागि ७ लाख लगायतका विभिन्न १५ वटा योजनाकालागि बजेट बिनयोजन भएको सभासद गुप्ताले बताउनु भयो । 
    बजेट विनयोजन वैठकमा सांसद रामचन्द्र साह, फुलझरी देवी, स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, अशोक कुमार भट्टराई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विकाशका लागि पर्सा क्षेत्र नम्बर ३ मा १ करोड ४४ लाख विनयोजन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top