-

  • नयाँ खबर

    10 March, 2016

    विद्यार्थीसँगको सहकार्यमा समुदायको निर्माण

    फागुन २७ वीरगंज, वीरगंजका आठ कलेजका करिब सात दर्जन विद्यार्थीले अध्ययनसँगै आफ्नो समुदायको विकासका लागि सामुहिक पहलको सुरुवात गरेका छन ।
    सानो पाइलाको अगुवाईमा वीरगंजमा श्रृखलाबद्ध रुपमा सुरु भएको विद्यार्थीको संलग्नता र सहकार्य अभियानमा आएका विद्यार्थीले आफ्नो भुमिका, क्षमता र रुची नै तोकेर सहकार्यका लागि साझेदारीको सुरुवात गरेका हुन । सानो पाइलाले संचालनगर्दै आएका समुदायको शिक्षा, स्वास्थ्य, कृषि, मानव अधिकार, विकास निर्माण र सचेतनाजस्ता कार्यक्रममा सहभागिताका लागि उनिहरुले इच्छा ब्यक्त गरेका हुन । उनिहरुले देशमा रहेको दाईजो प्रथा र छोराछोरी बिचको भेदभावको कडा बिरोध गर्नुका साथै यसको रोकथाम र निराकरणका लागि आफु खुलेर लाग्ने बताए । अधिकांस छात्राहरुले समाजले महिलालाई हेर्ने दृष्टिकोण र छेकबारका बिषयमा खुलेर कुरा गरेका थिए ।  
    स्थानिय नेशनल एकेडेमीकी छात्रा पुजाकुमारी रौनियारले आफ्नो उपस्थिती रहने क्षेत्रको विकासका लागि आफ्नै योगदान आजको आवश्यकता भएको बताईन । उनले आफुले अध्ययन गरेको कुरा अन्यलाई बाडन पाउने अवसर सानो पाइलाले दिएको बताईन । यस्तै एमबी केडिया डेन्टल कलेजका छात्र जशोधानन्द चौधरी जानेको कुरा संस्थागत रुपमा प्रयोगगर्ने अवसरका रुपमा सानो पाइलाको अभियानलाई लिएको बताए । उनले पेशाले भावि दन्त चिकित्सक हुनेभए पनि आफुले आफ्नो समुदायमा निभाउने जिम्मेबारी बोध भएको बताए ।
    सानो पाइलाका संस्थापक कञ्चन झाले संस्थाले स्थापनाका पछिल्ला नौ वर्षमा गरेका कार्यका बिषयमा बिद्यार्थीलाई जानकारी गराएका थिए । पर्सा र बारामा संस्थाले अफिम र गाँजा खेतिलाई बिस्थापन गर्नुका साथै सुरुवात देखि नै लागुपर्दाथ बिरुद्ध विभिन्न अभियान संचालन गर्दै आएको छ । उनले नेपालमा दातृ निकायको सहयोगसँगै समुदायको सहयोग र सहकार्यमा परियोजना अघि बढाउनु आजको आवश्यकता रहेको बताए । उनले समुदायका समस्या, आवश्यकता र चेतनाका लागि समुदायनै सक्रिय रहनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा भारतीय महाबाणिज्य दुताबासकी जर्नल कन्सुलर अन्जु रञ्जनले नेपालको समुदायको विकासमा भारत सधै सहयोगी रहदै आएको बताईन । उनले सानो पाइलाको अभियानमा दुतावासले सहयोगगर्ने प्रतिवद्धता जनाएकी थिईन । संस्थाकी सचिव डाक्टर सुषमा तिवारीले देशको अग्रणी भुमिकामा रहने युवाले आफ्नो क्षमता, चाहना र सीपको पहिचानगर्दै एकजुट भएर अगाडी बढन आह्वान गरिन । उनले युवाको चाहना स्थिर रहने र महत्वकाक्षा बढि हुने भएकाले समाजले चाडो प्रभावित गर्ने भएकाले सचेत रहनुपर्ने बताईन ।
    देशका तीस भन्दा बढि जिल्लामा पछिल्लो नौ वर्षदेखि समुदायमा केन्द्रीत रहेर कामगर्दै आएको सानो पाइलाले समुदायको निर्माणबाट नै देश निर्माण सम्भव र सरल भएको वकालत गर्दै आएको छ । संस्थाको लागू औषध पूर्नस्थापना, बाल अधिकार, अनाथ भनिएका बालबालिकाको परिवारसँग पूर्नमिलन, भारतीय सर्कसबाट उद्दार भएका युवाको सर्कस काठमाडौं र हिमालयन ज्वैलरी जस्ता कार्यक्रम सफल भएका छन ।
    कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले युवाले देखेको सपना युवाकै सहभागितामा अघि बढन लागेको बताए । उनले युवामा निर्भर रहेको देशको अर्थतन्त्र र विकास निर्माणमा समुदायको निर्माणको सोच सराहनिय भएको बताए । उनले भने “ केही युवाले देशका लागि देखेका सपना अब सबै युवाको साझा सपना हुने दिन आएको छ, मिलेर अघि बढे असम्भव केही छैन,” झाले भने ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यार्थीसँगको सहकार्यमा समुदायको निर्माण Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top