-

  • नयाँ खबर

    08 March, 2016

    सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा महिला दिवसमा अन्तक्रिया

    वीरगन्ज २५ फागुन  प्रत्येक बर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मंगलबार वीरगन्ज स्थित श्रीपुरमा रहेको सामुदायिक केन्द्रले एक अन्तरक्रिया गरेर मनाएको छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलनमा उत्रेको दिनको सम्झनामा मनाउन थालिएको हो ।
    केन्द्र तथा सामुदायिक प्रहरी श्रीपुरले १ सय ६ अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा महिलाका समस्याका बारेमा र उनीहरुको सशक्तिकरणका लागि अन्तक्रिया कारिक्रम गरेका हुन । यो सामुदायिक केन्द्र अन्तरगतका वीरगन्ज उपमाहानगरपालिकाको १४, १५ र १६ वडाका महिला तथा पुरुष सहभागि अन्तरक्रियाको अध्यक्षता केन्द्रका अध्यक्ष राम सर्राफले गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथी पर्सा प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले प्रहरी र समुदाय मिलेर काम गर्दा समाजमा शान्ति सूरक्षा प्रभावकारी रुपमा कायम हुने र महिलाहरु माथी हुने हिंसा पनि न्युनिकरण हुने बताए । श्रेष्ठले शुभकामना सन्देश दिँदै व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गरे । उनले महिलाहरु आफै अगाडी सरेर समाजका कुरितीहरु अन्त्य हुने बताए । सामुदायिक सेवा केन्द्र श्रीपुरका बरिष्ठ सलाहकार जगदीश शर्माले सबै क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता बढाउदै लजानु पर्ने बताए ।

    सुशीला कार्की पहिलो महिला प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ भनेर सलाहाकार शर्माले यसलाई साकारात्कम भने । वीरगन्ज उपमाहानगरपालिकाका कार्यवाहक कार्यलय प्रमुख प्रकाश अमात्यले कार्यालयको तर्फबाट महिला सशक्तिकरणको सवालमा सहयोग गर्ने प्रतिबद्धता गरे । नेपाल महिला कल्याण सस्थाका रेखा घिमिरे, महिला तथा बाल बालीका बिकाश संस्थाका बिपीन घिमिरे तथा स्थानीय महिला र पुरुषहरुको कार्यक्रममा ब्यापक सहभागीता रहेको थियो । कार्यक्रममा बेल्दै वक्ताहरुले महिलाहरुको अधिकार र स्वतन्त्रताको सवाल आन्दोलनको रुपमा अगाडी बढाउने राय जनाए । नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको, राष्ट्रपति र सभामुखमा महिलाले नै नेतृत्व गरेकोलाई वक्ताहरुले स्वागत गरे । सेवा केन्द्रका केषाध्यक्ष जयलाल साहले यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताए । 
     
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा महिला दिवसमा अन्तक्रिया Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top