-

  • नयाँ खबर

    06 March, 2016

    आजदेखि म्यानपावरको कारोबार बन्द

     २३ फागुन २०७२
    काठमाडौं, २३ फागुन – नेपाल प्रहरीले कानुनविपरीत म्यानपावर एजेन्सीमा छापा मारेर सञ्चालकलाई पक्राउसमेत गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोधस्वरूप आइतबार ९आज०देखि सबै म्यानपावर एजेन्सीको कारोबार अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । १ साताअघि प्रहरीले १८ वटा म्यानपावर एजेन्सीमा छापा मारी कागजात नियन्त्रणका लिनुका साथै सञ्चालकलाई पक्राउ गरेको थियो ।
    वैदेशिक रोजगार ऐनबमोजिम म्यानपावर एजेन्सीको कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागमा मात्र भए पनि कानुनविपरीत प्रहरीले छापा हान्ने र पक्राउ गर्ने काम रहेको ठहर संघको छ । संघले विदेशबाट कामदारको मागपत्र ल्याउने र पूर्वश्रमस्वीकृति तथा अन्तिम श्रमस्वीकृतिका काम पनि नगरिने बताएको छ ।
    “प्रहरीले आफ्नो क्षेत्राधिकार क्षेत्रभन्दा बाहिर गएर इजाजतपत्रप्राप्त संस्थामा छापा हान्ने र कम्प्युटर तथा अन्य कागजात जफत गरी सञ्चालकलाई पक्राउ गर्ने काम गरेको छ,” संघले भनेको छ । संघका अध्यक्ष विमल ढकालले म्यानपावर एजेन्सीलाई इजाजत दिने र कारबाही गर्ने अधिकारप्राप्त निकाय विभागमात्रै भएकाले उसले मात्र छानबिन र कारबाही गर्नुपर्ने बताए ।
    प्रहरीले भने फ्रि भिसा फ्रि टिकटको व्यवस्थाअनुसार १० हजार रुपैयाँभन्दा बढी रकम लिन नपाउने व्यवस्था भए पनि म्यानपावरले कामदारसँग बढी रकम असुल्नुका साथै सम्झौताबमोजिम काम नदिने, मानव बेचबिखनमा सक्रिय हुने, विदेशमा अलपत्र पार्ने र नक्कली कागजातका आधारमा कामदार पठाउने गरेको भन्दै अपरेसन सुरु गरेको थियो । म्यानपावर एजेन्सीले १० हजारको रसिद दिएर ४ लाख रुपैयाँसम्म असुलेको गुनासो कामदारले गर्दै आएका छन् । छापा मारिएका म्यानपावरमा खगोल ओभरिसज, दि रिभर  ओभरिसजलगायत १८ वटा छन् । - कारोबार
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आजदेखि म्यानपावरको कारोबार बन्द Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top