-

  • नयाँ खबर

    07 March, 2016

    महाशिवरात्रि पर्व : विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइचो (फोटो फिचर)

    वीरगंज २४ फागुन २०७२
    जियालाल साह 
    आज महाशिवरात्रि पर्वको अवसरमा वीरगंज नगरक्षेत्रस्थित विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।
    बिहानैदेखि विशेषगरी शिवालय, शिवलिङ्ग तथा महादेवस्थानहरूमा श्रद्धालु महिला भक्तजनहरूले पूजा आराधना गरेका छन् । खासगरि वीरगंजको अलखिया मठ, चिनी मिल स्थित शिव मन्दिरमा विहानदेखि श्रद्धालु भक्तजनहरु पुजा पाठमा व्यस्त भएका छन् ।
    वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल
    मेलालाई व्यवस्थित गर्न मेला समितिले स्वयंसेवक र स्थानीय प्रहरी परिचालन गरेको छ । मन्दिरमा भक्तजनहरूले जल चढाउने देखि किसानहरूले वर्षेबाली अन्नको झुप्पा ‘झोटी’ मन्दिरमा लगेर चढाउने गरेका छन् । आज विहान जिल्ला प्रहरी कार्यालयले भक्तजनको सुविधाका लागि महिला र पुरुषको छुट्टै छुट्टै लाईन लगाएर पुजाको व्यवस्था गरेको छ भने खासगरि वृद्ध, अशक्तका लागि प्रथमिकताका साथ अलग दर्शनको व्यवस्था मिलाई दिएको छ । 
    वीरगंज स्थित अलखिया मठमा ब्रतालु । तस्बिर जियालाल
    यसैगरी पर्साको ग्रामीण क्षेत्रका मठमन्दिर, देवालयहरूमा पनि महाशिवारत्रिको अवसरमा विहान देखि घुइचो बढेको छ । आजबाटै पर्सा जिल्लाको ग्रामीण भेगमा धार्मिक एवं ऐतिहासिक महत्तव बोकेको जीराभवानी मेला शुरू भएको छ । दस दिनसम्म लाग्ने जीराभवानी मेला महादेवपट्टि र सेढवा गाविसको दोसाँधमा रहेको जीराभवानी मन्दिर परिसरमा लाग्ने गरेको छ । मेलामा भारतको बिहारबाट श्रद्धालु भक्तजनहरू आउने र दश दिन सम्म पुजा पाठ गरि महाशिवरात्रि मनाउने गर्दछन् । जीराभवानी मन्दिरमा विशेषगरी श्रद्धालु भक्तजनहरूले महादेवको प्रसादको रूपमा गाँजा र भाङ्ग चढाउने गरेको भए पनि बितेको ४/५ वर्षदेखि ग्रामीण क्षेत्रमा गाँजा उत्पादन बन्द भएकोले समस्या परेको स्थानीय भक्तजनहरूले बताएका छन् ।
    वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल
    यसैगरी आज साझ वीरगंजको ऊ शान्ति र विभिन्न शिवको भक्तहरुले शिवचर्चा एवं महिमा गायन विभिन्न ठाउमा राखेका छन् । भक्तजनहरुले शिवचर्चा गर्नुका साथैसाझ धुनी तापेर शिवको महिमा गाउने गर्दछन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महाशिवरात्रि पर्व : विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइचो (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top