-

  • नयाँ खबर

    25 March, 2016

    नेता, प्रचण्ड वीरगंजमा, मधेशी मोर्चाको विरोध प्रदर्शन, सरकारको काम सुस्त रहेको नेता प्रचण्डको आरोप


     चैत १२ पर्सा    
    दोश्रो वीरगंज महोत्सव व्यापार मेलाको उदघाटन गर्न वीरगंज पुगेका एकृकित नेकपा माओवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्डलाई वीरगंजमा मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले कालो जण्डा देखाउनुको साथै ठाउँ ठाउँमा विरोध प्रदर्शन गरेको छ ।
    दोश्रो वीरगंज महोत्सव व्यापार मेलाको उदघाटन गर्न प्रचण्ड आउने खबर पाउन साथ हिजो विहिवार मधेशी मोर्चाले उनको पुत्ला जलाएका थिए भने आज विहानदेखि वीरगंजको घण्टाघर चोक र मुर्लिमा टायर बालेर प्रदर्शन गरेका थिए भने मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजको मुर्लि, पावरहाउस चोक, माईस्थान र वीरगंज महोत्सव व्यापार मेला स्थल प्रदर्शन गरेका थिए । यससंगै मेलाका लागि बनाइएका विभिन्न ठाउँका स्वागतद्वारको व्यानर समेत मोर्चाका कार्यकर्ताहरुले च्यात्दै केहि ठाउँकोद्वार भत्काएका थिए ।
    यससंगै दिउसो १ बजे वीरगंज पुगेका पुर्व प्रधानमन्त्रि प्रचण्डलाई मोर्चाका कार्यक्रर्ताहरुले कालो झण्डा देखाउदै उनि विरुद्ध नाराबाजि गरेका थिए । यस क्रममा प्रहरीले राष्ट्रिय मधेश समाजवादि पार्टिका केन्द्रिय सदस्य राजेशमान सिंह, संघिय समाजवादि फोरम नेपालकी महिला अध्यक्ष मिथिलेश सिंह, तराई मधेश लोकतान्त्रिक पार्टीकी महिला अध्यक्ष रेखा साह, नेपाल सदभावना पार्टिकी केन्द्रिय उपाध्यक्ष मुन्नी श्रीवास्तव, यसैगरी मोर्चाका नेताहरु प्रदिप चौरसिया, सुशिल पटेल, विकास चौरसिया, सुरेशमान सिहं, रवि सरार्फ, विट्टु सरार्फ लगायतकाहरुलाई हिरासतमा लिएका छन् ।

    वीरगंज आई पुगेका अध्यक्ष प्रचण्डले पुजन होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेशी मोर्चाका कार्यक्रर्ताहरुले मलाई विरोध गर्नु बुझन नसकेको प्रतिक्रिया दिएका थिए । उनले मधेशी, जनजाति लगायत उत्पीडनमा परेका जनताको मागका बारेमा आफै गम्भीर भएर लागेको र विमति र संविधानमा सच्चयाउनुपर्ने बुँदामा आफैले संषोधन गराउन मुख्य भुमिका खेलेकाले मेरो विरोध गर्नु आफै बुझन नसकेको बताएका थिए ।
    यससंगै मधेशी मार्चाले सरकार समक्ष राखेको ११ बुदे मागमा सबै खाले माग पुरा हुने खालको रहेको प्रतिक्रिया दिएका छन् । उनले समावेशी समानुपातिकमा लगभग लगभग माग पुरा हुनै लागेको र नागरिकताको समस्याको बारेमा खासै केहि ठुलो समस्या नगरेको बताएका थिए । यससंगै सिमांकनको जुन माग छन् त्यसमा हिजोको दिनमा ९ बुदे सहमति भएका थिए, त्यसमा मधेशमा २ वटा प्रदेश हुने प्रवधान उल्लेख थियो । यसका विषयमा समेत बसेर छलफलको अधारमा टुङ्गयाउने अध्यक्ष प्रचण्डले बताएका थिए ।
    यसैगरी अध्यक्ष प्रचण्डले अहिलेको सरकार गिराउने र ढाल्नका लागि तपाईको कसरत चलिरहेको पत्रकारहरुको जिज्ञासाका बारेमा उनले सरकार खसाउनु भन्दा हाम्रो पार्टि आफैले सरकारमा सहभागि भई सहयोग गरेको बताएका थिए । यसैगरी उनले सरकारको कामलाई निकै सुस्त रहको बताउदै यस्तो सुस्त गतिले देश नचल्ने बताएका थिए । यसबारेमा जिम्मेवारी पदमा रहेका मन्त्रिहरुलाई आफुले जनकारी गराएको समेत बताएका थिए ।
    क्रन्तिकारी पत्रकार संघ पर्साले आयोजना गरेको पत्रकार  सम्मेलनमा  दुई नम्बरका प्रदेश इन्चार्ज विश्वनाथ साह, बेन्द्रिय सदस्य अशोक जयसवाल, सांसद सत्यनारायण भगत, दिलमाया निरज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण धर्मेन्द्र चौरसियाले गरेका थिए भने कार्यक्रम क्रान्तिकारी पत्रकार संघका अध्यक्ष निरज पिठाकोठे मगरको अध्यक्षतामा समपन्न भएको थियो । पत्रकार सम्मेलन सकिए लग्तै अध्यक्ष प्रचण्ड वीरगंजको अदर्शनगरस्थित रंगसालामा आयोजना भएको दोस्रो वीरगंज महोत्सवको उदघाटन गरेका थिए ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेता, प्रचण्ड वीरगंजमा, मधेशी मोर्चाको विरोध प्रदर्शन, सरकारको काम सुस्त रहेको नेता प्रचण्डको आरोप Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top