-

  • नयाँ खबर

    10 March, 2016

    सार्क विदेशमन्त्री स्तरीय बैठक बेरोजगारी मा केन्द्रित

    चैतको पहिलो साता मिनि शिखर सम्मेलन पोखरामा

    फाल्गुन २७, २०७२ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को पोखरामा हुने विदेशमन्त्रीस्तरीय बैठक ९मिनी शिखर सम्मेलन० मा यस क्षेत्रका युवाहरूको भविष्यबारे साझा धारणा तय हुने भएको छ । पोखरामा चैत १ देखि सुरु हुने ४ दिने बैठकमा युथ चार्टर पारित गरेर अघि बढ्ने तयारी आठै सदस्य मुलुकको छ । अवसर नपाएर वैदेशिक रोजगारमा गएकादेखि बेरोजगार युवासम्मलाई ध्यानमा राखेर आठै सदस्य मुलुकले साझा रणनीति तय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
    परराष्ट्र मन्त्रालयले युवासम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्मा पारित गर्न पठाए पनि अझै टुंगोमा पुगेको छैन । युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त साझा योजनाका आधारमा सार्कको युथ चार्टर तय भएको छ । परराष्ट्र मन्त्रालयले चार्टर तय गरेर पठाइसकेको स्रोतले बतायो । सम्मेलनअघि मन्त्रिपरिषद्ले पारित गरेपछि सबै मुलुकको संसदले पारित गरेर काम अघि बढ्नेछ । विदेशमा काम गर्न गएका युवाको हक, हितदेखि युवाको वृत्ति विकासमा समेत यो चार्टरले काम गर्ने अधिकारीहरूको दाबी छ ।
    यस क्षेत्रमा व्याप्त युवा बेरोजगारी, युवालाई नेतृत्वमा लैजाने, सीप विकास, उच्च शिक्षा, एक(अर्का मुलुकका युवाबीच अन्तक्रिर्यालगायत दर्जनौं विषय यसमा समेटिएको छ । यो चार्टर प्रभावकारी रूपमा लागू भए युवाहरूको समस्या सम्बोधन सामूहिक रूपमा हुनेमा अधिकारीहरू विश्वस्त छन् । सार्कको कार्यक्रम समितिले पारित गरेर सचिवस्तरीय बैठक हुँदै मन्त्रीस्तरमा लगिनेछ । यसमा दक्षिण एसियाली विश्वविद्यालयसहित अन्य दुई यस्तै क्षेत्रीय इन्स्टिच्युटको प्रतिवेदनसमेत कार्यक्रम समितिमा आउनेछ ।
    पोखराको ग्रान्ड होटलमा हुने उक्त बैठकमा यसअघिको शिखर सम्मेलनले गरेको प्रतिबद्धता र भएका कामका विवरण प्रस्तुत हुनेछन् । परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा शिखर सम्मेलनको प्रतिबद्धता कार्यान्वयनबारे ६८ पृष्ठको कार्ययोजना र भावी रणनीति पेस गर्नेछन् । उक्त प्रतिवेदनले अहिलेसम्म भएका काम र हुन नसकेका कारणसमेत औंल्याउने यसमा संलग्नहरूले बताए ।
    मिनी शिखर सम्मेलनका रूपमा चिनिने उक्त बैठकले आगामी शिखर सम्मेलनको पनि तय गर्नेछ । पाकिस्तानले आयोजना गर्ने भनिएको १९औं शिखर सम्मेलन यसै वर्षको मंसिरलाई प्रस्तावित भए पनि पाकिस्तानले केही समय सार्ने कूटनीतिक संकेत दिइसकेको अधिकारीहरूको भनाइ छ । बैठकमा शिखर सम्मेलनबाहेक मुख्यसचिव स्तरीय बैठक, ग्रामीण पर्यटनसम्बन्धी सार्क स्तरीय बैठक, बसाइँ सराइसम्बन्धी उच्चस्तरीय बैठक गर्नेबारे समेत टुंगो लाग्नेछ ।खासगरी शिखर सम्मेलन भएको एक वर्षपछि समीक्षा बैठकका रूपमा यसलाई लिइने गरिन्छ ।
    बैठकमा भाग लिन भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्सका विदेशमन्त्रीहरू नेपाल आउने निश्चित भएको छ । सार्कलाई इकोनोमिक युनियनका रूपमा विकास गर्ने, स्वतन्त्र व्यापार क्षेत्रको प्रभावकारिता, साझा स्याटलाइट, उपक्षेत्रीय सहकार्य, सार्क केन्द्रको प्रभावकारिता, सडक र हवाई सञ्जाललगायत विषयमा छलफल केन्द्रित हुनेछ । त्यस्तै यस क्षेत्रमा व्याप्त आतंकवाद, उग्र आतंकारीहरूको बढदो प्रभाव कम गर्न साझा सुरक्षा रणनीति र सहकार्यलगायत विषयमा समेत छलफल हुनेछ । यद्यपि त्यस विषयमा कुनै ठोस प्रतिवेदन भने छैन । पर्यवेक्षकलाई विभिन्न आयोजनामा लगानी गराउने विषय र काम हुन नसक्नुको कारणबारे समेत छलफल हुनेछ । एकभन्दा बढी मुलुकसँग ९ पर्यवेक्षक मुलुकले सहयोग गर्न सक्ने भए पनि त्यसमा काम अघि बढेको छैन । -   कान्तिपुर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सार्क विदेशमन्त्री स्तरीय बैठक बेरोजगारी मा केन्द्रित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top