-

  • नयाँ खबर

    06 March, 2016

    नेपाल विश्वका घुम्नैपर्ने सूचीमा पहिलो

    काठमाडौं, २३ फागुन २०७२ – विश्वचर्चित ट्राभल गाइड प्रकाशक कम्पनी ‘रफ गाइड्स’ले सन् २०१६ मा घुम्नैपर्ने मुलुकको सूचीमा नेपाललाई पहिलो नम्बरमा राखेको छ । ४ विधामा रफ गाइड्सले सन् २०१६ का लागि १०–१० स्थान चयन गरेको थियो । तीमध्ये पिपुल्स च्वाइस र टप टेन मुलुक दुवै विधामा नेपाल पहिलो भएको छ ।
    भूकम्प र आर्थिक मन्दीले ग्रसित नेपाली व्यवसायी यसबाट निकै खुसी देखिएका छन् । नेपालको पर्यटन यस्तै प्रचारले मात्र धनिएको बताउँदै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले यो घोषणाले नेपालको पर्यटनमा नयाँ आयाम थपिने बताए । ट्रिप एड्भाइजरीले पनि नेपालको कुनै न कुनै स्थानलाई भ्रमणको सूचीमा राख्ने गरेको उल्लेख गर्दै उनले ट्राभल गाइडले प्रकाशन गर्ने यस्तो प्रचारले नेपाली पर्यटन क्षेत्रलाई सघाउने विश्वास लिए ।
    “भूकम्पले ध्वस्त मुलुक आफ्नै प्रयासले उँभो लाग्दैछ,” रफ गाइड्सले भनेको छ, “हजारौं घरबारविहीन छन्, जीवन असहज छ । तैपनि पर्यटन पुरानै बाटोमा फर्किन चाहन्छ । ट्रेकिङ रुटहरू पुनः खुला गरिएका छन् । यहाँ खर्च हुने हरेक डलर तल्लो तहसम्मै पुग्छ । ठूलादेखि साना होमस्टेसम्म छन् ।”
    पिपुल्स च्वाइस विधामा पनि नेपाल नै पहिलो स्थानमा छ । माइक्रो ब्लगिङ साइट ट्विटरमा ३त्चबखभििष्लनद्दण्ज्ञट ह्यासट्याग प्रयोग गरेर भोटिङ गर्दा सबैभन्दा धेरैले नेपालको पर्यटन पुनर्जीवित होस् भन्ने चाहेका थिए । त्यसैका आधारमा नेपाल शीर्ष भएको हो ।
    सन् २०१६ मा घुम्नैपर्ने मुलुकको सूचीमा कोलम्बिया र क्युबा क्रमशः दोस्रो र तेस्रो छन् । जोर्डन, अल्बानिया, रोमानिया, एलसाल्भाडोर, वेल्स, केन्या र श्रीलंका पनि यो सूचीमा परेका छन् ।- कारोबार
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल विश्वका घुम्नैपर्ने सूचीमा पहिलो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top