-

  • नयाँ खबर

    08 March, 2016

    कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी

    फाल्गुन २५, २०७२-कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् ।
    १३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । उनी रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए ।
    निर्वाचन समितिले आधिकारिक घोषणा गर्नमात्र बाँकी छ ।
    कोषाध्यक्षमा पनि पौडेल समूहकै सीतादेवी यादव अगाडि छन् ।
    • को हुन् सशांक ?
    कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा सशांक कोइरालाको जन्म २०१५ सालमा विराटनगरमा भएको हो । लामो समय चिकित्सा पेसामा संलग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरूका तर्फबाट सहभागी थिए ।
    परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । उनी नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेस महामन्त्रीमा सशांक कोइराला विजयी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top