-

  • नयाँ खबर

    10 March, 2016

    बायोग्राफी वीरगन्जको

    पछिल्लो मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगन्ज । नेपालको मुख्य व्यापारिक नाका पनि यही ठाउँ हो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक तहमा प्रभावकारी भूमिका रहेको यो सहरको नालीबेली बुझ्न चाहनेका लागि पत्रकार गिरीश गिरीले पुस्तक तयार पारेका छन्, वीरगन्ज स् मेरो सहरको कथा ।
    यस सहरसँग गिरीशको भावनात्मक सम्बन्ध पनि छ किनभने उनी वीरगन्जमै जन्मेहुर्केका हुन् । उनको पत्रकारिताको व्यावसायिक करिअर पनि यहीँ सुरु भएको थियो । यसअघि यसै सहरका बारेमा वृत्तचित्र टिम नेपाल बनाएर चर्चा बटुलेका यी पत्रकार आफ्नो पुस्तकलाई वीरगन्जको बायोग्राफी मान्छन् ।
    खासमा गिरीशले वीरगन्जका बारेमा पुस्तक लेख्ने योजना दुई वर्षअगाडि नै बुनेका थिए । १०–१५ हजार शब्द लेखे पनि तर पुस्तकले पूर्णता पाएको थिएन । यसपटकको मधेस आन्दोलनका क्रममा जब उनी वीरगन्ज पुगे, तब रिपोर्टिङले मात्र उनको धीत मरेन । केही हजार शब्दका समाचारले वीरगन्जका तमाम विषयवस्तुलाई स्पष्ट पार्न नसकिने महसुस गरे । वीरगन्ज स् मेरो सहरको कथा यसकै प्रतिफल हो ।
    वीरगन्ज, त्यहाँको आन्दोलन र सामाजिक पक्षलाई चिहाउन यो पुस्तकले मद्दत गर्ने उनको विश्वास छ । वीरगन्ज यात्राको जटिलताबाट सुरु भएको पुस्तक त्यही जटिलताबाट फेरि निस्केर समाप्त भएको छ । “सहरको जन्मको कथादेखि यसको विकासक्रम, पुराना घटना, रहस्यमयी र रोचक पात्रको वर्णनदेखि मधेस आन्दोलनका वीरगन्जेली भोगाइहरू समेटेको छु,” गिरीश भन्छन्, “सानो इतिहास बोकेकै सहर भए पनि त्यसले समेटेका रोचक पात्र, विविधतायुक्त घटना र रंगीन परिवेशले सम्पन्न वीरगन्जको दस्तावेज हो पुस्तक ।” पुस्तक २८ फागुनमा सार्वजनिक हुँदैछ । -नेपाल
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बायोग्राफी वीरगन्जको Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top