-

  • नयाँ खबर

    08 March, 2016

    कांग्रेस शेरबहादुर देउवाः रुवाखोलादेखि सभापतिसम्म (संक्षिप्त जीवनी)

    काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।
    बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुनुहुन्छ ।
    त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । देउवा एक छोराका पिता हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् हुनुहुन्छ ।
    नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
    विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बन्नुभयो ।
    काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस ९प्रजातान्त्रिक०को सभापति बन्नुभएको थियो । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभयो ।
    उहाँ विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेविसङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।
    देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार हुनुहुन्थ्यो । रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेस शेरबहादुर देउवाः रुवाखोलादेखि सभापतिसम्म (संक्षिप्त जीवनी) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top