-

  • नयाँ खबर

    02 March, 2016

    विद्यालय सञ्चालकहरुलाई धम्की दिई फिरौति माग्ने २ जना पक्राउ

    पर्सा १९ फागुन
    जियालाल साह
    पर्सा जिल्लाको विभिन्न विद्यालयका सञ्चालकहरुलाई फोन गरि धमकी दिइ फिरौति माग्ने २ जनालाई प्रहरीले आज पक्राउ गरि सार्वजनिक गरेको छ ।
    वीरगंजका विभिन्न विद्यालयका सञ्चालकहरुलाई फोनबाट जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा ५ लाख रकम माग गरि नदिएमा अपहरण गनर्,े गोलि हानि हत्या गर्ने, विद्यालयमा बम पड्काई ध्वस्त बनाइदिने जस्ता चेतावनि सहित पटक – पटक फोन गर्ने तथा पत्र पठाउने २ जना लाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा वीरगंज उप महानगरपालिका १४ बस्ने ५३ वर्षिय रामबालक प्रसाद मुखिया विन र १७ बस्ने २२ वर्षिय महेश पटेल रहेका छन् ।
    पक्राउ परेका दुवै जना १४ गते साझ फोन मार्फत धम्की दिई साउथ जोन बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र सकेट बम फलेर भागेका थिए । उनिहरुलाई बम फालेर भागेको ना १२ प ७७८ नम्बरको मोटरसाइकल पहिचान गरि सुचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होबिन्द्र बोगोटिले जनकारी गराउनु भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टिको नामले अभय सिह र सागर सिहको नामले विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई पैसा माग्न फोन तथा पत्र मार्फत धम्की पठाउने गरेकाले उनिहरुलाई पक्राउ गरेर अपहरण उधोग तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता बोगोटिले बताए ।  पक्राउ परेका महेश पटेल यसअघि हातहतियार मुदामा दुई पटक कारागार कैद भुक्तान गरिसकेका र अर्का रामबालक प्रसाद मुखिया बिन पनि यसअघि लागु औषध चरेश र सेचो हिरोइन मुदामा कैद भुक्तान गरिसकेका छन् ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यालय सञ्चालकहरुलाई धम्की दिई फिरौति माग्ने २ जना पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top