-

  • नयाँ खबर

    07 March, 2016

    कांग्रेसलाई राष्ट्रिय सभागृह छाड्न अल्टिमेटम ! मतगणना प्रभावित

    काठमाडौं, २४ फागुन । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रिय सभागृह छाड्न अल्टिमेटम आएको छ ।
    १३ औं महाधिवेशन अन्तर्गत कांग्रेसले राष्ट्रिय सभागृहमा मतदान तथा मतगणना गरिरहेको छ । दिनको समयमा मतदान र रातको समयमा मतगणनाका लागि सभागृह प्रयोग गरेको भएपनि विवादका कारण मतदान र मतगणना लम्बिएपछि सभागृह छाड्न त्यहाँको प्रशासनले ताकेता गरेको हो ।
    कांग्रेसको निर्वाचन समिति स्रोतका अनुसार आज साँझ पाँच बजेसम्मका लागि मात्रै सभागृह प्रयोग गर्ने सहमति कांग्रेसले गरेको थियो । तर, सभापतिकै निर्वाचन लम्बिदा आज राति पनि सभागृह प्रयोग गर्ने देखिएपछि खाली गर्न सभागृह प्रशासनले ताकेता गरेको हो ।
    अर्को कारण मंगलबार राष्ट्रिय महिला दिवस परेको र उक्त कार्यक्रम पनि सभागृहमै गर्ने तय भएपछि खाली गर्न कांग्रेसमा दबाब परेको हो । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनेछिन् ।
    यसैबीच दोस्रो चरणको मतगणना जारी रहँदा सभागृह नै खाली गर्नुपर्ने स्थिती आएपछि कांग्रेसमा सभापतिको मतगणना प्रभावित हुने देखिएको छ । यसअघि आज विहान निर्वाचन समितिले सभागृहमै राति मतगणना गर्ने निर्णय गरेको थियो । मतगणना कहिले र कहाँ गर्नेबारे मतदान सकिएपछि मात्रै टुंगो लाग्ने बताइएको छ । विमल योगी - दैनिक नेपाल

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेसलाई राष्ट्रिय सभागृह छाड्न अल्टिमेटम ! मतगणना प्रभावित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top