-

  • नयाँ खबर

    05 March, 2016

    सिमरा गोल्डकप - हेटौडासंग सरस्वती स्तब्ध

    सरस्वतीबिरुद्ध बल अघि बढाउदै हेटौडाका खेलाडी (रातो )
    फागुन २२ बारा
    सिमरा ए डिभिजनको सस्वती युथ क्लबलाई स्तब्ध पार्दै बिजय युथ क्लब हेटौडा सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
    सिमरा रंगशालामा शनिवार भएको क्वार्टरफाईनल खेलमा सरस्वतीलाई ३–२ ले पन्छाउदै हेटौडा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडालाई जित दिलाउन सुनिल बलले दुई र सुनिल बिकले एक गोल गरे । सरस्वतीका लागि भने अफ्रिकि खेलाडी अले र रमेश घिसिङले गोल गरे ।
    प्रतिस्पर्धात्मक खेलको ३४ औ मिनेटमा हेटौडाका लागि सुनिल बिकले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्स भित्र पाएको बललाई भलि प्रहार गर्दै बिकले जाली चुमाए ।

    सरस्वतीबिरुद्ध अग्रता लिएलगत्तै उच्च मनोबलमा देखिएको हेटौडाले त्यसको दुई मिनेटमै अग्रता दोब्बर पा¥यो । खेलको ३६ औ मिनेटमा सुनिल बलले बिपक्षी रंक्षापत्तंmीको गल्तीको फाईदा उठाउदै खेल २–० को स्थितीमा पु¥याए ।
    सुरुवातदेखी आपसी तालमेलको खोजीमा देखिएको सरस्तवीले दोस्रो हाफमै हेटौडाको अग्रतालाई बराबरीमा ल्याएको थियो । खेलको ३८ औ मिनेटमा बिदेशी खेलाडी अलेले गोल गर्दा पहिलो हाफको ईन्जुरी समयमा रमेश घिसिले खेल बराबरीमा ल्याए । २० यार्ड परबाट सेसाङ लिम्बुले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै एलेले जाली चुमाएका थिए भने रमेशले कर्नर बललाई सिधै गोलमा परिणत गरेका थिए ।

    पहिलो हाफमा लिएको अग्रता बचाउन नसकेको हेटौडाले खेलको ४८ औ मिनेटमा तेस्रो गोल थप्यो । नेपालको १९ बर्ष मुनिको राष्ट्रिय टिमका खेलाडी समेत रहेका सुनिल बलले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
    हेटौडाले अग्रता लिएलगत्तै दवावमा परेको सरस्वतीले दास्रो हाफमा खासै आकर्षक अवसर सिर्जना गर्न सकेन । सरस्वतीका खेलाडी दवावमा देखिदा हेटौडाले भने थुप्रै गोल गर्ने अवसर चुकायो । खेलमा दुई गोल गरिसकेका सुनिल बल हयाट्रिक गर्न अन्तिम समयसम्म चुकेका थिए । म्यान अफ दि म्याच घोषित बलसामु सरस्वतीका गोलरक्षक कृष्ण चौधरी बाधक बने । चौधरीले बलको थुप्र प्रयास असफल तुल्याए ।
    पराजयपछि सरस्वतीका प्रशिक्षक देवेन्द्रजंग शाहीले टिमको प्रदर्शन खासै उत्कृष्ट हुन नसकेको बताए । पहिलो हाफमा खेलमा फकिएपनि दोस्रो हाफमा उहि लय समाउन नसक्दा टिमले पराजय भोगेको शाहीको भनाई थियो ।

    हेटौडाका प्रशिक्षक सुविन घिमिरेले टिमको जितबाट सन्तुष्ट रहेको बताए । अघिल्लो खेलको गल्ती सच्याएर क्वार्टरफाईनलमा उत्रिएको भन्दै घिमिरेले खेलाडीले आफ्नो रणनिति अनुसार खेलेको बताए । हेटौडा यसअघि पहिलो खेलमा आयोजक नव जनजागृतिलाई पन्छाएको थियो ।
    प्रतियोगिता अन्तर्गत आईतवार सशस्त्र प्रहरी बलको एपिएफ क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सिमरा गोल्डकप - हेटौडासंग सरस्वती स्तब्ध Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top