-

  • नयाँ खबर

    06 March, 2016

    जग्गाको किर्ते कागज तयार गरि ठगी गर्ने गिरोह पक्राउ

    वीरगंज २३ पर्सा
    जग्गाको किर्ते कागज तयार गरि ठगी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कचोर्वा गाविस वडा नं. २ घरभाई हाल जिल्ला पर्सा वीरगन्ज उप महानगरपालिका वडा नं. ८ बस्ने विश्वनाथ प्रसाद साहको ३८ वर्षीय छोरा संदीप कुमार गुप्ता, निजको श्रीमती ईन्द्रावती कुमारी, सोही ठाउँ बस्ने रामाधार प्रसाद हलुवाईको ४२ वर्षीय छोरा राजेश कुमार गुप्ता र जिल्ला महोत्तरी घर भई हाल वीउमनपा वडा नं. १९ बस्ने जिल्ला मालपोत कार्यालय पर्साका नायब सुब्बा ४७ वर्षीय मुरारी प्रसाद तिमिल्सिना रहेका छन् ।
           पक्राउ परेका राजेश कुमार गुप्ताको ग्राइन डिजाइनमा संदीप कुमार गुप्ताले जिल्ला मालपोत कार्यालयको कर्मचारीको मिलोमतोमा वीउमनपा वडा नं. ८ स्थित गीता मन्दिरदेखि पूर्वपट्टि रहेको कित्ता नं. ५१ सिट नं. ०३५०–२४, क्षेत्रफल ०००१७.८६ वर्गमिटरको जग्गालाई किर्ते गरि ००११७.८६ वर्गमिटर क्षेत्रफल बनाई ललितपुर जिल्ला ल.उ.म.न.पा. वडा नं. २१ बस्ने ४४ वर्षीय सचेन्द्र महर्जनलाई ८० लाख रुपैयामा बिक्री गरि रजिष्ट्रेशन समेत पास गराई सकेका थिए । रजिष्ट्रेशन पास गराएपछि जग्गा किन्ने महर्जनले आफ्नो जग्गा हेर्न आएपछि उक्त ठाउँमा त्यति जग्गा नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले छानविन गर्दा जग्गा नै नभई जिल्ला मालपोत कार्यालयको रेकर्डमा भने ०००१७.८६ वर्गमिटरको जग्गालाई किर्ते गरि ००११७.८६ वर्गमिटर क्षेत्रफल बनाई रजिष्टे«शन पास भएको भेटिएपछि जग्गाको किर्ते कागज तयार गरि रकम ठगी गर्ने यी चारै जना दलालहरुलाई प्रहरीको पक्राउ गरेको थियो ।
           पक्राउ परेका संदीप गुप्ता र निजको श्रीमती ईन्द्रवती कुमारीले सोही जग्गाको नाममा प्राइम कमर्सियल बैंकबाट ४० लाख रुपैया कर्जा (लोन) समेत लिई सकेकोमा जग्गा किन्ने महर्जनले ४० लाख रुपैया बैंकको  कर्जा र ४० लाख रुपैया नगद दिई उक्त जग्गा खरिद गरेका थिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ भने उक्त कार्यमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको हुनाले अनुसन्धान गरि जग्गाको किर्ते कागज तयार पारी सर्वसाधारणलाई ठगी गर्ने सञ्जाललाई नै भत्काउन आफू लागि परेको र यस विषयमा अनुसन्धान गर्नका लागि जिल्ला मालपोत कार्यालयका अधिकृतलाई पनि झिकाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
           जिल्ला प्रहरी कार्यालय पर्साले गरेको यो कार्य सह्रानीय रहेपनि यस्ता यस्ता कतिपय घटनाहरु जिल्ला मालपोत कार्यालयबाट पास हुने गरेको छ भने यस्ता कार्यमा मालपोत कार्यालयका अधिकृत समेतको मिलोमतो हुने गरेको छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जग्गाको किर्ते कागज तयार गरि ठगी गर्ने गिरोह पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top