फागुन २०७२
नेपालका प्रमुख दैनिक पत्रिकाले फागनु ९ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई प्रमुख समाचार बनाएका छन् । अधिकांश दैनिकले यस समाचारलाई सात वा आठ कोलम दिएर प्रम ओलीको भारत भ्रमणलाई उच्च महत्व दिएका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र उनका समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फागुन ८ गते शनिवार हैदराबाद हाउसमा भएको आधा घन्टा लामो भेटघाटपछि दुवै नेताले गरेको सम्बोधन नै फागुन ९ गतेका दैनिक पत्रिकाको प्रमुख समाचारको विषय भएको छ । साथै भारतीय विदेश सचिव एस। जयशंकरले गरेको मिडिया ब्रिफिङलाई पनि महत्व दिइएको छ ।
नेपालले गत असोज ३ गते जारी गरेको संविधान भारतले ‘आफूलाई जानकारी भएको’ मात्र उल्लेख गरिएको प्रेस विज्ञप्ति संप्रेषण गरेर आफ्नो असन्तुष्टि जनाएपश्चात भारतले नेपालमाथि असोज ४ गतेदेखि फागुन ४ गतेसम्म पाँच महिना आर्थिक नाकाबन्दीसमेत लगाएको थियो । त्यसैले नेपालको संविधानका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ नेपाली दैनिक पत्रिकाको प्राथमिकतामा पर्नु स्वाभाविकै हो । तर केही दैनिकले भारतले संविधानलाई ‘स्वागत ग¥यो’ भनेर समाचार बनाएका छन् भने केहीले अझै पूर्णतः स्वागत नगरेको लेखेका छन् ।

कान्तिपुर दैनिकले सात कोलममा ‘संविधान महत्वपूर्ण उपलब्धि’ भन्ने शीर्षकमा समाचार प्रेषित गरेको छ भने नयाँ पत्रिका त्यति स्पष्ट अगाडि आएको छैन । नयाँ पत्रिका दैनिकले आठ कोलममा ‘भारतले सम्मान दियो, अडान फेरेन’ भन्ने शीर्षकमा समाचार प्रकाशित छ । कान्तिपुरले भन्दा नागरिक दैनिकले भारतको समर्थनको विषयलाई महत्व दिएको छ । कान्तिपुरले उद्धरण चिह्नभित्र ९‘’० शीर्षक राखेर आफूले नबोलेको जनाउ दिएको छ भने नागरिकले बिना उद्धरण चिह्न सात कोलममा ‘बल्ल भारतको समर्थन’ शीर्षकमा समाचार लेखेको छ । अर्कोतर्फ अन्नपूर्ण दैनिकले पनि सातै कोलमको मुख्य शीर्षकमा प्रम ओलीको भनाइ राख्दै ‘सम्बन्ध सुध्रियोस् ओली’ भनेको छ । तर तुरुन्तै ‘नेपालले अझै आश्वस्त गर्नुपर्ने मोदीको भनाइ’ भन्दै दोस्रो शीर्षक जोडेको छ ।
समीक्षा गरिएका दैनिक पत्रिकामध्ये सबैभन्दा विश्वस्त राजधानी देखिएको छ । उसले पत्रिकाको आठै कोलम प्रयोग गरेर ‘भारतद्वारा संविधानको स्वागत’ शीर्षकमा भारतीय प्रम मोदीको संविधान महत्वपूर्ण उपलब्धि भन्ने भनाइलाईसमेत महत्व दिएर बक्समा छापेको छ ।
कूटनीतिक भाषा बुझ्न वास्तवमा मुस्किलै हुन्छ । नेपालका दैनिकलाई पनि मोदीको भाषणको धार बुझ्न गाह्रो परेको देखिन्छ । तर आज प्रेषित समाचारलाई आधार मान्ने हो भने भारतले नेपालको संविधानलाई पूर्णरूपमा स्वागत गरेको छैन । उसले नेपालका लागि संविधान महत्वपूर्ण उपलब्धि भन्नु आफूले स्वागत गरेको भनेको हुँदैन । तर नेपालका प्रधानमन्त्रीलाई भारतमा बोलाएर सम्बन्ध सुधार्न गरेको प्रयास हेर्दा नेपालको संविधान अस्वीकार गरेको भनेर मान्नुपर्ने अवस्था पनि छैन । त्यसैले भनिन्छ कूटनीति दुवैतिर धार भएको तरवारजस्तो हो ।
प्रम ओलीको यो भ्रमण आर्थिकरूपमा पनि उत्तिकै महत्वपूर्ण छ । कारोबार दैनिकले भारत भ्रमणको आर्थिक पाटोलाई महत्व दिंँदै सात कोलममा ‘डबल डेक’ शीर्षक राखेर ‘नेपालले विशाखापट्टनम बन्दरगाह प्रयोग गर्न पाउने’ लेखेको छ । कान्तिपुरले तेस्रो मुलुकसँग व्यापार सहज हुने भन्दै ‘एन्कर’ समाचार छापेको छ जसमा विशाखापट्टनम बन्दरगाहको प्रयोग र बंगलाबन्ध करिडोर हुँदै सिंहबान बन्दरगाहबाट तेस्रो मुलुकसँग व्यापार सहज हुने भनिएको छ । वास्तवमा नेपाललाई कलकत्ता बन्दरगाह नै सबैभन्दा सजिलो हुन्छ । त्यसका पूर्वाधार विकास गरिदिए नेपालको व्यापार सस्तो र सहज हुन्थ्यो । किनभने विशाखापट्टनम कलकत्ताभन्दा दोब्बर दूरीमा पर्छ । विशाखापट्टनमबाट वीरगन्ज करिब १४ सय किलोमिटरको दूरीमा पर्छ । राजधानी दैनिकले विद्युत् आयातको शुभारम्भलाई पेजको अन्तिम समाचार बनाएको छ ।
प्रथम पृष्ठको संयोजनका दृष्टिले करिब सबै पत्रिका उस्तै छन् । नागरिक, कान्तिपुर र अन्नपुर्णको संयोजन उस्तै र सफा देखिन्छन् । नयाँ पत्रिकाले सानो फोटो राखेर लेआउट अलि फोहोर बनाएको छ । राजधानीले माथिको लेआउट अरूको भन्दा राम्रो बनाएको छ तर तल फेरी ओली र मोदीको फोटो दोहोरिएकोले लेआउट डिजाइनरको कमजोरी देखिएको छ । मुख्य फोटो चयनका दृष्टिले अनौपचारिक फोटोमा अन्नपूर्णको छनोट ठीक देखिएको छ । कान्तिपुरको फोटोमा नेपाल र भारत दुवैको झन्डा देखिएकोले खुलेको छ तर नागरिकले मोदीले ओलीलाई तानीरहेको अनौपचारिक फोटोमा जोड नदिएको भए हुन्थ्यो । दुई देशबीचको सम्बन्धमा यस्ता कुरामा विचार गरिनुपर्छ । प्रम ओली सम्पूर्ण नेपालीका प्रतिनिधि हुन् ।
नेपालका दैनिक पत्रिकाले आज नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनलाई फरक फरक महत्व दिएका छन् । कोइरालाको मृत्यु भएको तेह्रौं दिनमा नागरिक दैनिकले सुशील कोइराला विशेषांक भनेर चार पृष्ठमा स्थान दिएको छ, र प्रथम पृष्ठमा सानो प्वाइन्टर राखेर जनाउ दिएको छ । नागरिकले कोइरालाका निकट र नागरिककर्मीका लेखको संयोजन गरेको छ ।
सुशील कोइराला विशेषांक नभने पनि नयाँ पत्रिकाले प्रथम पृष्ठमा राम्रो डिजाइन गरेर ‘सम्झनामा सुशील दा’ बक्स बनाएको छ । उसले कोइरालाको सम्झनामा सात पृष्ठ दिएको छ । नयाँ पत्रिकाको सुशील कोइराला विशेषांक नागरिक दैनिकको भन्दा केही राम्रो भन्न सकिन्छ । कोइरालाका नजिकका नातेदार र नजिकबाट चिन्ने नेताहरूको लेख राखेर नयाँ पत्रिकाले बनाएको सुशील कोइराला विशेष संग्रहयुक्त छ । कान्तिपुरले भने विचार पृष्ठमा एक पेज कोइरालामा समर्पित गरेको छ । राजधानी र अन्नपूर्ण दैनिकले सुशील कोइरालालाई सम्झने कुनै प्रयास गरेका छैनन् ।

- सम्पादकीयमा के छ ?
आजका दैनिकहरूले फरक फरक विषयमा सम्पादकीय लेखेका छन् । कान्तिपुरले ऊर्जा संकट कार्ययोजनाका विषयमा सम्पादकीय लेखेको छ । उसले राजनीतिक नेतृत्व र सम्बन्धित सरकारी निकायबीच निरन्तर समन्वय र सहकार्यमा काम अघि बढाए ऊर्जा संकट कार्ययोजनाको कार्यान्वयन सार्थक हुनसक्छ भनेर लेखेको छ । नागरिकले सम्पादकीयमा कीर्तिपुरमा एउटा पेट्रोल पम्पले बिना अनुमति पेट्रोल बेचेको र आयल निगमले समेत उसलाई ब्ल्याकमा पेट्रोल बेच्न सघाएको भनेर यसलाई ‘राज्य विहीनता’को संकेत भनेको छ । नयाँ पत्रिकाले भने राजनीतिक सहमतिका लागि बनाएको राजनीतिक संयन्त्र अर्थहीन भएको लेखेको छ । मधेस आन्दोलनलाई सम्बधोन गर्नका लागि नै राजनीतिक संयन्त्रको अवश्यकता देखिएको हो भने कमसेकम मधेसी दलहरूसँग पहिल्यै सहमति गरिनुपथ्र्यो भन्ने नयाँ पत्रिकोको सम्पादकीय धारणा छ । अन्नपूर्ण दैनिकले प्रधानमन्त्री ओलीको भ्रमण दलमा सहभागी नभई नेपाली कांग्रेसले अन्तिम समयमा हात झिकेर दायित्वबाट पन्छिको आरोप लगाएको छ । यसले गर्दा संविधान साझा दस्तावेज हो भन्ने अवधारणामा समेत कुठाराघात भएको उक्त पत्रिकाको सम्पादकीयमा उल्लेख छ । त्यस्तै राजधानी दैनिकले सुरक्षा अंगका कर्मचारीको नैतिक आचरण र भ्रष्टाचारको प्रसंग खोतल्दै ‘ड्युटी’मा रहेका असईमाथि जँड्याहाको बयानका भरमा अनुसन्धान थालिएको भन्दै असन्तुष्टि प्रकट गरेको छ । - बाह्रखरी
0 comments:
Post a Comment