-

  • नयाँ खबर

    01 March, 2016

    संसारकै ठुलो ओढार, जहाँ बन्न सक्छ ४० तले महल (फोटो फिचर र भिडियो)

    सबै देशहरु केहि न केहि कुराले विश्वसामु परिचित छन् । प्राकृतिक छटा होस् वा मानबनिर्मित आकृति केहि न केहिले देशलाई विश्वसामु आफ्नो पहिचान बनाउदै भिडमा आफुलाई फरकरुपले चिनाउछन् ।

    नेपाल विश्वकै अग्लो शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मस्थान आदिले प्रख्यात छ । त्यस्तै  फ्रान्स आइफल टावरले परिचित छ, छिमेकी भारत ताजमहलले परिचित छ, दुबई गगनचुम्बी महलले चिनाउदै छ ।
    त्यस्तै भियतनाम अहिले विश्वकै ठुलो ओढारले परिचित बन्दै छ । हाङ सन् डोङ भियतनाममा रहेको विश्वकै ठुलो ओढार हो । यसको भित्रि उचाई दुई सय मिटर छ र चौडाई एकसय पचास मिटर छ । यो ओढार ५ किलोमीटर लाम्बाईमा विस्तार भएको छ । हाङ सन् डोङको आफ्नै वातावरण, जंगल र आफ्नै खोला रहेको छ ।

    यसमा रहेका दुइवटा प्राकृतिक झ्यालहरुबाट छिर्ने सुर्यका किरणले भित्रि वातावरणमा जादुमयी सुन्दरता पोत्दछ । यसको प्रवेशद्वार केहि साघुरो छ, प्रवेशद्वारको मुखमै भित्रबाट बहने चिसो हावा र बाहिरी वातावरणको तातो हावा जुध्न जान्छ जसले गर्दा उक्त गुफा प्रवेश गर्ने जो कोहि पनि यस्तो स्वागतले मोहित हुन्छ । ओढार भित्र प्रवेशगर्न ८० मिटर जति गहिरो पर्खाल डोरीको सहाराले झुण्डिएर छिचोल्नु पर्छ । भित्रि र बाहिरी वातावरणको ताप अन्तरले त्यहाँ अनौठो हुस्से लागेको हुन्छ ।

    ओढारको ३ देखि ४ किलोमीटरको भूभाग मध्यान्नमा छिर्ने घामको किरणले उज्यालो हुन्छ । घामको किरण गुफाको तल्लो भागमा रहेको खोलाको पानीमा पर्छ जसले गर्दा पानीबाट प्रतिबिम्बित किरण गुफाको माथिल्लो भागमा रहेका ओषिला ग्ल्यासियरमा ठोकिन्छ र ग्ल्यासियर मोतिझैँ मनमोहक भएर चम्किन्छ ।

    हाङ सन् डोङमा बोइङ ७४७ जहाज अटाउन सक्छ यतिमात्र नभएर  यसमा ४० तल्ले बिशाल महल बन्न सक्छ । एकसय पचास मिटर फराकिलो चौडाईमा दुबैतर्फ पैदलयात्रीलाई छुट्टै पैदलमार्ग छुट्याउदा पनि ३० लेन चौडा सडक बन्न सक्छ । जुन अहिले काठमाडौँ९ भक्तपुर सडकभन्दा पाँच गुणा ठुलो हो । - एजेन्सी
    हेरौ अस्ट्रेलियन फोटोग्राफर जोन स्पाइसले खिचेका थप मनमोहक फोटोहरु:-




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संसारकै ठुलो ओढार, जहाँ बन्न सक्छ ४० तले महल (फोटो फिचर र भिडियो) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top