-

  • नयाँ खबर

    11 September, 2016

    साथ चाहिएको छ सबैको, शाहसी हातहरुलाई


    निलम पन्त 
    प्रायः हरेक छोरीले जन्म घरमा सबैको साथ र सहयोग पाउँदा संसारलाई जित्न सक्ने आँट गरेको पाइन्छ । छोरीको अधिकार प्राप्तिमा पनि पहिलो जन्म घर अनि मात्र कर्मघर भन्ने आहान पनि यतिकै चलेको होइन । छोरीको सफलताको सुत्र जन्म घर त्यसमा पनि परिवारको साथ नै हो । 
    यस्तै साथ पाएकी पात्र मध्ये कि एक हुन् वीरगन्ज उप–महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी ‘सीता कुमारी विन’ । २०४३ माघ २४ गते जन्मेकी सीता सानै देखि निडर स्वभावकी थिइन् । स्कूले जीवनमा खेलकुदलाई आफ्नो रुचिको विषय बनाएकी सीताले यसमा सफलता पनि पाईन् । साच्चै भन्नु पर्दा तराई मधेशमा छोरीले खेलकुदमा लागेको अझै उति समाजले मन पराउँदैन । समाजको कुरालाई सीताले वास्ता नगरी परिवारको साथ र सहयोगको कारण पढाई संगै खेललाई पनि निरन्तरता दिइन् । खेल क्षेत्र र खेलाडी प्रति सरकारले केहि चासो नदेखाएको उनको बुझाई छ, । तर पनि जुडो प्रतिको लगावका कारण सरकारको सहयोग विनै ब्लाक बेल्ट सम्म उनले हात पारेकी छन् । जुडोमा राम्रो प्रभाव बनाएकै कारण उनका चिफ मिठु गुरुले रेफ्रीको अवसर समेत दिएका थिए । 
    जुडोमा वीरगंजको मेयर कप देखि क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता सम्म खेलिसकेकी सीता खेलसंग यति धेरै प्रेम हुदाँ हुदै पनि परिवारको साथले आर्थिक अवस्था धान्न नसक्दा खेल क्षेत्रबाट बाहिरिन पुगेको बताउँछिन् । खेलमा सरकारको समेत साथ नपाउँदा खेल क्षेत्रबाट बाहिरिन पुगेको अनुभव सुनाउँछिन् । ‘परिवारको अवस्थाले धान्ने भए जुडोलाई निरन्तरता दिन्थें । सरकारको त के कुरा गरौँ ? स्वर्ण पदक जितेका खेलाडीले पनि मेडल बेचेर खानुपरेको तितो यथार्थ आफ्नै आँखाले देखेको छु हाम्रै देशमा’ उनले भनिन् । 
    सामान्य परिवारमा जन्मेकी उनले प्लस टु सम्म मात्रै पढ्न पाईन् । कक्षा ५ मा पढदै गर्र्दा जुडो तर्फ आकर्षित भएकी सीताले ११ वर्र्ष सम्म मात्र यसलाई निरन्तरता दिन सकिन् । खेलमा राम्रो गरे पनि आफ्नो पकेट खर्च धान्नकै लागि २०६२ साल तिर नेशनल कर्पोरेशन सहकारीमा बचत संकलनको काममा होमिनु परेको उनको भनाइ छ । काम गर्दा गर्दै विभिन्न अनुभव बटुल्दै २०६४ सालमा पूर्ण रुपले खेल क्षेत्रलाई छाडिन् र बचत संकलन मै लागिन् । ५ वर्ष सम्मको अनुभवबाट आफू जस्तै मिल्ने साथी खोजेर महिलाहरुकै स्वामित्वमा हुने गरी २०६७ मंंसिर २९ गते हितैषि बचत तथा ऋण सहकारी संस्थाको नामले आफ्नै सहकारी शुरु गरेकी छन् उनले । यो सहकारी खोल्नमा कल्पना थपलिया, पुजा गुरुङ्गको सहयोग रहेको उनको कथन छ । एक लाखको पूँजिबाट एउटै कोठा मार्फत सुरुवात गरेको हितैषी बचत तथा ऋण सहकारी संस्थामा हाल सम्म ६० देखि ७० लाख सम्मको लगानी गरी भव्य कार्यालय स्थापनासँगै १० जना महिलालाई जागिर समेत दिएको सीताले बताइन् । शुरुवातमा महिला भएकै कारण विभिन्न ठाउँमा अपमानित तथा अविश्वासको पात्र बन्न पुगेको उनको सम्झना अझै ताजै छ । तर अहिले विस्तारै समाज परिवर्तित हुदैँ गएको उनि बताउँछिन् ।
    हितैषीमा २ हजारको हाराहारीमा बचत कर्ता छन् भने झण्डै ४ करोडको हाराहारीमा हाम्रो सहकारीको कारोबार भईरहेको छ । हिजोको दिन सम्झदा खेल प्रति मायाँ लाग्छ उनले भनिन् खाने, लाउने र खेल व्यवस्थित गर्ने काम मात्रै सरकारले गरिदिएको भए खेलमै जीवन समर्पित गर्थें । त्यही खेलप्रतिको अभिलाशाले अझै खेलकुदको केही कार्यक्रम हुदाँ आफूले सके जतिको सहयोग गर्ने गरेको उनि बताउँछिन् । 
    खेलकुदमा पूरा सन्तुष्टि प्राप्त नगरे पनि पाँचवर्षको मेहनत र विश्वासले गर्दा आफ्नै अगुवाईमा खोलेको सहकारीबाट भने सीता सन्तुष्ट छिन् । मेहनतकै कारण महिला उद्यमी, वीरगंज उधोग वाणिज्य संघ र डिभिजन सहकारी कार्यालयबाट सम्मान पाईसकेको उनले बताइन् । एक त मधेशी समुदाय ! त्यसमा पनि वीन समुदायमा सानैै उमेरमा विहे गरिदिने चलन अझै सकिएको छैन । महिनावारी नहुदैैँँ छोरीको विहे गरिदिंदा बुबाआमाले पापबाट मुक्ति पाउने जस्ता अन्धविश्वास कायम छन् समाजमा । तर सीताले भने यस्ता अन्धविश्वासलाई चीर्दै समाजमा राम्रो छाप छोडेकी छिन् । उनलाई भने परिवारले समेत साथ दिएका छन् । मधेशी भएर मधेशमा आफ्नै पौरखमा अगाडी बढे पनि ‘परिवारको कम डर र समाजको बढी डर सीतालाई’ छ । पहिले भन्दा छोरीलाई हेर्ने केही दृष्टिकोण बद्लिए पनि अझै त्यो अपुरो छ । समाजमा छोरीले केहि गर्न सक्ैदनन् भन्ने सोचलाई परिवर्तन गर्ने यस्ता पात्रलाई अब सबैको सहयोग अपरिहार्य छ । 

    सानै उमेरमा सीताले गरेको संघर्षका बारेमा मध्य नेपाल सन्देशका लागि गरिएको केही थप कुराकानि :
    क) तपाई खेलाडि मान्छे सहकारीमा कसरी आउनुभयो ? 
    — खासमा खेलमा चाहिने रकम र पकेट खर्चको जोहो गर्नका लागि सहकारी तर्फ आएँ । अन्ततः यसैलाई मुख्य पेशा बनाएर संघर्ष गर्दैछु । 
    ख) सहकारीमा लागेको कति वर्ष भयो ? सुरुमा कतिको गाह्रो भयोे ? व्यवस्थापनमा समस्या त भएन ? 
    — ११ वर्ष जति हुन लाग्यो । त्यति बेला बजारमा विश्वास जमाई सकेकाले त्यति गाह्रो भएन । व्यवस्थापनका लागि हाम्रो २७÷२८ जनाको बोर्ड सदस्यले गर्दा सहज भयो । मेहनत गर्यांै हामी विच मनमुटाव थिएन जसले गर्दा समस्या परेन । 
    ग) तपाई जस्तो खेल क्षेत्रमा आर्कषित भएको महिलालाई के प्रेरणा दिन चाहनु हुन्छ ? 
    — सधैं अगाडी बढ्नुपर्छ । आफु भित्र लुकेको प्रतिभालाई अगाडी ल्याउनु पर्छ । लाज सरम हटाउनु पर्छ अरुले खुट्टा तान्दैमा भाग्नुहुन्न । आफनो विश्वास बढाउनु पर्छ ।
    घ)  यदि तपाई जस्तै कोही गरीब घर परिवारकी छोरी खेल जगतमा नै जम्न चाहन्छिन् भने उसको सफलताका लागि तपाई के सहयोग गर्नुहुन्छ ?
    — यदि खेलमा साच्चिकै इच्छा छ भने, त्यसको लागि तन, मन, धनले सहयोग गर्छु । उसको परिवारले समेत सहयोग गर्नुपर्छ । कुन खेलमा चाहना छ, त्यसको लागि अरुलाई भनेरै भए पनि म सहयोग गर्न पछाडि पर्दिन । 
    ङ) पहिला र अहिले महिलालाई हेर्ने दृष्टिकोणमा कतिको परिवर्तन पाउनु भएको छ ?
    — पहिले भन्दा अहिले महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोण केही फेरिएको छ । अनि महिलाहरु पनि पहिले जस्तो घुम्टोमा नै बसेर बाहिर निस्कनु हुँदैन भन्ने भावनाबाट अलि माथि उठेका छन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साथ चाहिएको छ सबैको, शाहसी हातहरुलाई Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top