-

  • नयाँ खबर

    25 October, 2016

    रिसले रोगी बनाउँला नि !


    – खुशी शर्मा
    मध्य नेपाल सन्देश । 
    रिस खाको आफु बुद्धी खाको अरु भन्ने आहान हामीले सुन्दै आएका छौं । तर, अब रिस खाको आफु निरोगी भाको अरु भन्दा फरक नपर्ला । किनकी रिसले रक्तचाप बढाउँछ जस्ले हृदयमा असर गर्छ भन्ने चिकित्सकीय अध्ययनले देखाइसकेको छ । अनुसन्धानले देखाएअनुसार यक्कासी झसङ्ग रिसाउने खालको जुनसुकै व्यवहार पनि हाम्रो हृदय र रक्तसञ्चार प्रणालीका लागि खतरानाक हुन्छ  । र, रिसले हृदयघात र पक्षाघातसँग गहिरो सम्बन्ध राख्छ । व्यवहारीक रुपमा हेर्दा एकदमै रिसाएको बेला मुटुको चाल अन्य समयको भन्दा छिटो हुने र मुख पनि रातो भएको पाईन्छ ।  रिसाएको बेला देखिने यस्ता शारीरिक परिवर्तन क्षणिक भएपनि लामो वा लगातार रिसाइरहने भयोभने यसले रक्तचापलाई उच्च बनाउँने डक्टरहरु बताउँछन् । फिजीसीयन डा.निरज सिंह सँग खुशी शर्माले गरेको कुराकानी ।

    – रिसले कसरी रोगी बनाउँछ ?
    रिसाएको बेला मानिसमा धेरै किसीमका हार्मोन उत्पादन हुन्छ जस्ले शरीरका विभिन्न अंगमा प्रतिकुल असर पार्छ । रिसाउँदा मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ, त्यसले गर्दा रगत बाक्लिएर लेसाइलो हुन जान्छ । अनि खतरनाक रुपमा जम्ने सम्भावना हुन्छ, जसले गर्दा हृदयाघात वा पक्षाघात हुन सक्छ । रिसाइरहने बानी अथवा झसङ्ग गर्ने स्वभाव रह्यो भने नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने लगाएतका कुुलतमा फस्ने सम्भावना बढी हुन्छ जसले मुटुको रोग वृद्धि गर्नलाई मद्दत गर्छ । 
    – रिसाउनेलाई मात्रै हृदयरोग हुन्छ हो ?
    हृदयारोग जो कोहिलाई पनि हुन सक्छ तर रिसको कम स्तर भएका व्यक्तिलाई भन्दा रिसको प्रचण्ड स्तर भएका व्यक्तिलाई तीन दोब्वर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना रहन्छ । 
    खासगरी रिस उठेको बेला आफुलाई सम्हाल्न नसक्ने, केही फुटाउँ वा कसैलाई क्षतीपु¥याआँै   भन्ने भावनाले उक्सीने व्यक्तिमा हृदयरोगको सम्भावना अझ बढी हुन्छ । रिसाउने व्यक्तीमा समयको अन्तराल सँगै स्वास्थ्यमा नोक्सान पु¥याउने खालका थुप्रै किसिमका असरहरु बढ्दै जान सक्छन् । त्यती मात्रै होइन रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउनुका साथै आकस्मिक मृत्यु सम्म निम्त्याउन सक्छ ।
    – रिस पोखीहाल्ने र रिस दबाएर राख्ने कसलाई बढी हृदयरोगको खतरा हुन्छ ?
    रिस जस्तोसुकै भएपनि त्यसले मुटुको रोग बढाउन विशेष भूमिका खेल्छ । अध्ययन अनुसार धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रर्दशन गरिएको होस्, त्यसबाट बढेको तनाव खपेका व्यक्तिमा हृदयघात बढी भएको पाइएको छ । व्यवहारीक रुपमा आफ्नो रिस तुरुन्तै पोख्ने व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका धमनी सम्बन्धि रोग भएको पाइएको छ ।
    – नरीसाउने मानिस कमै पाइन्छन्, यस्तोमा रिस हटाई कसरी स्वस्थ बन्ने ?
    साधारणतः कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीब्रता बढी हुन्छ । साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ । झगडा गर्न उद्यत मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ । तसर्थ रिसाउँदै नरिसाई बस्नु सबैका लागि सहज नहोला तर लामो समय रिस मनमा राख्नु, त्यसैको बारेमा भित्रभित्र गुम्सीनु भन्दा सोझो एवं शान्त तरिकाले रिस व्यक्त गर्न सकिन्छ । झसङ्ग रिसाएर या रिस लुकाएर बहादुरी गरेको सम्झनु भन्दा शान्त भई रिस पोखेर स्वस्थ बन्नु बुद्धीमानी हुन्छ ।
    – रिसलाई कम गर्ने उपाय भए बताईदिनुहोस् न त ?
    मेडीकल्ली खासै यही उपाय हो भन्ने केहि छैन । तर ,व्यवहारीक परिवर्तन गर्न सक्नु उत्तम उपाय हो । 
    जस्तो सकारात्मक सोच राख्ने, आफुलाई व्यस्त बनाइराख्ने, धैर्यभाव राख्ने, करकरे बानी त्याग्ने, हार र जित दुवैलाई आत्मसात गर्ने बानीको विकास गर्ने, दैनिक व्याम गर्ने र आध्यात्मीक विचार राख्ने जस्ता उपाय अवलम्वन गरे रिसलाई कम गर्न र स्वस्थ हुन सकिन्छ ।  
     सुझावः laxu.sharmaa@gmail.com
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रिसले रोगी बनाउँला नि ! Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top