-

  • नयाँ खबर

    11 September, 2016

    इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ?


    के तपाई अनुमान लगाउन सक्नु हुन्छ ? १ मिनेटमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा भनेर । इन्टरनेटले संसार यति साँघुरो र प्रतिस्पर्धी बनाइरहेको छ । कि जम्मा १ मिनेट अथवा ६० सेकेण्डमा के के हुने रहेछ । केही तथ्यांक हेरांै न त ।
    १. एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढी नयाँ पेजहरु साइबर स्पेसमा थपिइरहेका हुन्छन् ।
    २. गुगलमा ६ लाख ९४ हजार ४ सय ४५ क्युरी तथा प्रश्नहरुको खोजी भइरहेको हुन्छ ।
    ३. ६ हजार ६ सय तस्विरहरु फ्लिकरमा अपलोड हुन्छन ।
    ४. ६ सय भिडियोहरु युट्यूबमा अपलोड हुन्छन, जुन सबै जोड्दा २५ घन्टा बढिको भिडियो कन्टेन्ट हो ।
    ५. ६ लाख ९५ हजार स्टाटस फेसबुकमा अपडेट हुन्छन् भने ७९ हजार ३ सय ६४ वाल पोस्ट हुन्छ र ५ लाख १० कमेन्टहरु फेसबुकमा प्रकाशन हुन्छ ।
    ६. ६० सेकेण्डमा ७० वटा नयाँ वेबसाइड डोमेनहरु दर्ता हुन्छन ।
    ७. यहि अवधिमा १ सय ६८ मिलियन इमेलहरु पठाइन्छ ।
    ८. ६० सेकेण्डमा ३ सय २० नयाँ एकाउन्ट र ९८ हजार ट्विटहरु प्रकाशन हुन्छन् ट्विटरमा ।
    ९. १३ हजार आइफोन एप्लिकेशनहरु डाउन लोड हुन्छ एक मिनटको अवधिमा ।
    १०. ब्लगमा २० हजार नयाँ पोष्टहरु प्रकाशन हुन्छन ।
    ११. एक मिनटको अवधिमा नै १ हजार ७ सय फायरफक्स ब्राउजर डाउनलोड हुन्छ ।
    १२ं ब्लगिङको वर्डप्रेस प्लेटफर्म ५० पटक भन्दा बढि डाउनलोड हुन्छ ।
    १३ं प्रोफेसनल नेटवर्किङ साइड लिङ्किनमा १०० एकाउन्टहरु बन्ने गर्दछन् ।
    १४. याहु एन्सर डटकममा ४० नयाँ प्रश्नहरु सोध्ने गरिन्छ ।
    १५. त्यसैगरी ६० सेकेण्डको अवधिमा आष्क डटकममा १०० बढि प्रश्नहरु सोध्ने गरिन्छ ।
    १६. अर्वान डिस्क्नरी डटकममा एउटा नयाँ परिभाषा थपिइरहेको हुन्छ ।
    १७. क्राइज्सलिस्टमा १ हजार २ सय विज्ञापनहरु सृजना भइरहेका हुन्छन ।
    १८. एक मिनट अर्थात ६० सेकेण्डको अवधिमा स्काइभ मार्फत ३ लाख ७० हजार मिनटको भ्वाइस कल भइरहेको हुन्छ ।
    - एजेन्सीको सहयोगमा

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top