-

  • नयाँ खबर

    15 February, 2016

    शुल्क मिनहा नगरे कडा आन्दोलन गर्ने गठबंधनको चेतावनी

    फागुन ३ वीरगंज २०७२
    मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन् ।
    बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल र नाकाबन्दले यस भेगमा बसोबास गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनिय भएको हुनाले बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक इश्वर यादवको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।
    जारी मधेस आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो , साथै आम जनभावनाको कदर नगरिए कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो । साथै टोलीले नारायणी अञ्चल यातायात व्यवस्थाको सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र बुझाउदै मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराइएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा गठबन्धन पर्साका  सल्लाहकार ओमप्रकाश सरार्फ,सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार,  जिल्ला सदस्य फिरोज बादशाह, विनोद पटेल, क्षेत्र नं। २ का संयोजक अशरफ अलि लगायतका सहभागिता रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शुल्क मिनहा नगरे कडा आन्दोलन गर्ने गठबंधनको चेतावनी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top