-

  • नयाँ खबर

    25 February, 2016

    हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम लिँदैनौः कमल थापा

    फागुन,१३ धनगढी २०७२ । ‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइमा हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ ।
    ‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको भन्दै अभियान सुरू भएको हो ।
    हिन्दुत्व जागरण सभाको राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्दै विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दू राष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको बताए ।
    थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताए ।  रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम लिँदैनौः कमल थापा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top