-

  • नयाँ खबर

    29 February, 2016

    किसानले अब फोनबाटै विज्ञसँग सल्लाह लिन पाउने

    काठमाडौँ, १७ फागुन । किसानले कृषि र पशुपक्षीको व्यवसायमा आइपर्ने कठिनाइका सम्बन्न्धमा आजदेखि विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न पाउने भएका छन् ।
    अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवम् अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले आजबाट किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको हो । पर्वतको चुहाबाट राजेश रिमाल क्षेत्री ९आरसी०ले कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलसँग प्रत्यक्ष कुराकानी गरेपश्चात औपचारिक रुपमा किसान कल सेन्टरलाई प्रयोगमा ल्याइएको हो ।
    आज कृषि सूचना तथा सञ्चार केन्द्रमा स्थापित किसान कल सेन्टरवाट कृषि मन्त्री हरिबोल गजुरेलले पर्वतका आरसीले राखेको कृषि आयोग गठन सम्वन्धमा राखेको जिज्ञासालाई सम्वोधन गर्नुभएको थियो । कृषिमन्त्री गजुरेलले आरसीसँग प्रत्यक्ष कुरा गर्दे कार्यविधि तयार भई मन्त्री परिषद्मा पेस भइसकेको बताउनु हँुदै किसानले १३३ सेवा केन्द्र र २५५ उपसेवा केन्द्रबाट भनेकै समयमा अनुदानको रासायनिक मल प्राप्त गर्ने जानकारी दिनुभयो ।
    यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मङ्सिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सो कार्यक्रममा किसानले विज्ञसँग सवाल–जवाफ गर्न पाउँदैनन् । कृषिप्रसार सेवालाई व्यापकता दिने उद्देश्य अनुरुप सुरुवात गरिएको किसान ‘कल सेन्टर’ हप्तामा तीन दिन सञ्चालनमा आउने कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले राससलाई जानकारी दिनुभयो ।
    किसानले १६६००१९५००० मा फोन गरी विज्ञसँग आफ्नो समस्या सिधा राख्न सक्छन् । सो कलमा टेलिफोन गर्दा किसानले कुनै शुल्क तिर्नु पर्दैन । हप्तामा आइतबार, मङ्गलबार, र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् ।
    सेन्टरको दैनिक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कृषि सेवामा कार्यरत वरिष्ठ कृषि अधिकृत एक, प्राविकधिक सहायक एक र अन्य एक सहयोगी कर्मचारी कृषि विकास मन्त्रलायबाट काजमा खटाई कार्य प्रारम्भ गरिएको हो । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिबारे किसान, कृषि उद्यमी कृषि व्यवसायी, कृषिप्रसार तथा अन्य सरोकारवालालाई जानकारी गराउने, कृषि उपजको सम्भाव्य बजार, कृषिमा आधारित संरक्षण एवम् प्रशोधन प्रविधि किसानबाट प्राप्त गुनासो सङ्कलन गर्न आवश्यक व्यवस्था मिलाइने भएको कृषि सचिव उत्तमकुमार भट्टराइले जानकारी दिनुभयो । रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: किसानले अब फोनबाटै विज्ञसँग सल्लाह लिन पाउने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top