-

  • नयाँ खबर

    25 February, 2016

    मरेपछि नर्क जानबाट बच्न आफ्नो जीवनकालमा अनिवार्य गर्नुस् यो दान

    धर्म शास्त्रका अनुसार मृत्युपरान्त प्रत्येक जीवलाई परलोक यात्राको समयमा एक विशेष नदी तर्नुपर्छ ।
    जसमा जीव आफ्नो कर्मअनुसारको विभिन्न प्रकारको कष्ट सहन्छ । शास्त्रका अनुसार त्यो विशेष नदीलाई वैतरणी नदी भनिन्छ । वैतरणी नदीलाई सजिलै पार गर्नका लागि मृतक व्यक्तिको नामसँग वैतरणी गोदानको विशेष महत्व हुन्छ । परम्पराअनुसार मृत्युकाल ९मर्ने बेला०मा गौमाता९गाई०को पुच्छर हातमा समात्न लगाइन्छ वा स्पर्श गराइन्छ ।
    तर, यस्तो नहुने स्थितिमा गाइको ध्यान गराएर वैतरणी गोदान मन्त्र पढेर प्रार्थना गर्न सकिन्छ ।
       वैतरणी गोदान मन्त्रस्
    ‘धेनुके त्वं प्रतीक्षास्व यमद्वार महापथे।
    उतितीर्षुरहं भद्रे वैतरणयै नमौःस्तुते।।
    पिण्डदान कृत्वा यथा संभमं गोदान कुर्यात ।’
    गरूड पुराणमा भनिएको छ की यमलोकको यात्रा भयानक र पीडा दिने खालको छ । त्यहाँ एक नदी बगिरहन्छ जो सयौं योजना अर्थात एक सय बीस किलोमिटर छ । यो नदीमा पानीको स्थानमा रगत र मवाद(किरा) बग्छ र यसको तट९किनार० हाडहरुले भरिएको हुन्छ । गोही, सूईजस्तै मुख भएको भयानक कृमि(किरा), माछा र वज्र जस्ता गिद्धहरुको यो निवास स्थल हो ।
    यमराजका दूत जब धर्तीबाट ल्याइएका व्यक्तिलाई यसै नदीको नजिक ल्याएर छाडिदिन्छन्, तब नदीमा ठूलो गर्जनको आवाज सुनिन्छ । नदीमा बगिरहेको रगतको छाल देखिन्छ । यो देखेर पापी मनुष्यको जीवात्मा डरले थर–थर काप्छ । एजेन्सीबाट
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मरेपछि नर्क जानबाट बच्न आफ्नो जीवनकालमा अनिवार्य गर्नुस् यो दान Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top