-

  • नयाँ खबर

    26 February, 2016

    निर्धन बैंकले लघु उद्यमीलाई बिनाधितो ऋण दिने

    फागुन १४ काठमाडौं २०७२ - निर्धन उत्थान बैंकले लघु उद्यमीहरुलाई बिनाधितो ऋण प्रवाह गर्ने भएको छ।
    निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच बिहीबार भएको समझदारी अुनसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम९मेडेप० र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम (मेडेप)ले प्रवद्र्धधन गरेका लघु उद्यमीहरुलाई रु। ३ लाख सम्मबिनाधितो ऋण प्रवाह गर्ने छ। रु। ३ लाखभन्दा बढी ऋण चाहिने उद्यमीहरुलाई नेपाल राष्ट्र बैँकको नीतिअनुसार ऋण प्रवाह गरिने पनि समझदारी पत्रमा उल्लेख छ।
    समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र महासंघका तर्फबाट अध्यक्ष लाक्पा लामाले हस्ताक्षर गरे। यो समझदारीपत्रबाट बिभिन्न ५२ जिल्लाका ४० हजारभन्दा बढी लघु उद्यमीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ। समझदारी पत्रमा हस्ताक्षर गरेपछि राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष लाक्पा लामाले दुर्गम र गाउँमा व्यापार व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको मुख्य समस्या ऋणमा पहूँच नहुनु रहेकोले समझदारीले उक्त समस्या समाधान हुने बिश्वास व्यक्त गरे।
    त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले दुर्गम र गरिबहरुसमक्षवित्तीय पहुँच पुर्याइ गरिबी निवारणमा सघाउ पुर्याउनु निर्धन बैँकको मुख्य लक्ष्य भएकोले आफूहरु दुर्गमका लघु उद्यमीहरुलाई प्राथमिकताका साथ ऋण प्रवाह गर्ने बताए। राष्ट्रिय लघु उद्यमी महासंघमा देशभरका ९० हजार लघु उद्यमीहरु संगठित छन्। - नागरिकबाट
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: निर्धन बैंकले लघु उद्यमीलाई बिनाधितो ऋण दिने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top