-

  • नयाँ खबर

    26 February, 2016

    फागुन २२ गतेदेखि विदेशमा कामदार पठाउन बन्द !!

    काठमाडौँ, १४ फागुन २०७२ । प्रहरीले बुधबार १७ म्यानपावर कम्पनीमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेको विरोधमा सबै म्यानपावरले आज कार्यालय बन्द गरेका छन् ।
    सङ्घको आजको बैठकले आगामी फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने निर्णय गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।
    विदेश जानका लागि प्रवेशाज्ञा आइसकेकालाई मध्यनजर गर्दै त्यस्ता कामदारलाई एक हप्ताभित्र विदेश पठाउन सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।
    महासचिव गुरुङले वैदेशिक रोजगारको क्षेत्रमा बारम्बार आक्रमण भइरहेको बताउँदै यसको सञ्चालनको बारेमा निश्चित कार्यविधि नबनाएसम्म कार्यालय नखोल्ने बताउनुभयो ।
    प्रहरीले कार्यक्षेत्र बाहिर गएर कार्यालयमा छापा मारेको व्यवसायीको आरोप छ । वैदेशिक रोजगारीसम्बन्धी कुनै उजुरी परे सो सम्बन्धमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने तर प्रहरीले कारबाही गर्न नपाउने उनीहरुको दाबी छ ।
    महानगरीय अपराध महाशाखाको टोलीले बढी पैसा असुल्ने, कामदारलाई अलपत्र पार्ने, एउटा भनेर अर्कै रोजगारीमा पठाउने, पैसा लिएर पनि रोजगारीमा नपठाउनेलगायतका उजुरीका आधारमा ती कम्पनीमा बुधबार छापा मारेको थियो । रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फागुन २२ गतेदेखि विदेशमा कामदार पठाउन बन्द !! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top