-

  • नयाँ खबर

    13 February, 2016

    साग : नेपालद्वारा श्रीलंका चार शून्यले पराजित

    काठमाडौँ, १ फाल्गुन । शनिबार बिहान सिलोङमा भईरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकविरुद्ध ४-० को जीत निकालेको छ ।
    नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो ।
    पहिलो हाफ खेलमा  १ – ० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । नेपालका लागि दोस्रो हाफमा ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेका थिए । त्यसपछि २-० को अग्रता लिएको थियो । ६३औं मिनेटमा सावित्राले फेरि अर्को गोल गरेर तेस्रो र ७९ अौं मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाउँदै रजत पदक पक्का गराउन सफल भइन ।
    यो जितसंगै नेपाल साग फुटबलको फाइनलमा पुगेको छ । अब नेपालको भेट स्वर्ण पदकका लागि भारत र बंगालदेशबीचको खेलको  विजेतासँग हुनेछ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साग : नेपालद्वारा श्रीलंका चार शून्यले पराजित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top