-

  • नयाँ खबर

    28 February, 2016

    परिवारका १४ को हत्या गरेर आत्महत्या गर्ने हत्यारा !

    काठमाडौं, १६ फागुन । नेपालमा भएको दरबार हत्याकाण्डको झल्को दिनेगरी छिमेकी देश भारतमा आइतबार ठूलो हत्याकाण्ड भएको छ ।
    भारतको महाराष्ट्रस्थित ठानेमा आइतबार बिहान एक ३५ वर्षीय युवकले आफ्नो परिवारको १४ जनाको हत्या गरि आत्महत्या गरेको समाचार भारतीय च्यानल आजतकले प्रकाशित गरेको छ ।
    स्थानीय प्रहरीलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार ठानेको कसरवादाभली गाउँ निवासी हसन अनवर वारेकरले धारिलो हतियार प्रयोग गरि ७ जना बालबालिका, आफ्नो श्रीमती, आमाबुवासहित ६ जना महिला र एकजना पुरुषको घाँटी रेटी हत्या गरेका हुन् ।
    धारिलो हतियार प्रहार गर्नु पूर्व उनले सबैलाई लठ्याउने औषधि दिएका थिए । प्रहरीका अनुसार वारेकरको शव झुन्डिएको अवस्थामा भेटीएको छ ।
    फाँसी लगाएकै अवस्थामा उनको हातमा हत्या गर्न प्रयोग गरिएको चक्कु पनि भेटिएको छ । उनले मार्न खोजेकी एक महिलाको भने जिवितै उद्धार गरि टिटान अस्पतालमा उपचार भइरहेको ठानेका जोइन्ट कमिस्नर आशुतोष डुम्रेले बताए ।
    उनले भने- एक युवकले परिवारको १४ जना सदस्यको हत्या गरि झुन्डिएको अवस्थामा लास भेटिएको छ । हत्याको कारण खुल्न सकेको छैन् । हामी अनुसन्धानमा छौं ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: परिवारका १४ को हत्या गरेर आत्महत्या गर्ने हत्यारा ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top