-

  • नयाँ खबर

    13 February, 2016

    क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित

    वीरगन्ज,१ फागुन । 
    क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयोजकमा वीरगन्जमा पत्रकार कृष्णउदास खनाल चयन हुनु भएको छ । महोत्तरीको बर्दीबासमा शुक्रबार सम्पन्न भएको दुई नम्बर प्रदेशको भेलाले खनाललाई सहसंयोजकमा चयन गरेको हो । खनाललाई पर्सा,बारा र रौतहट जिल्ला हेर्ने गरी सहसंयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले जानकारी दिनुभयो ।  चौधरी भने सिराहाका पत्रकार हुन् । लउक्त भेलालले अन्य दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई पनि सहसंयोजकमा चयन गरेको छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका अध्यक्ष महेश्वर अधिकारीस् सहित आठै जिल्लाका अध्यक्षहरुर्लाइ सदस्यमा चयन गरेको सहसंयोजक खनालले जानकारी दिनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो भने  सिंचाईमन्त्री उमेशकुमार यादबले समापान गर्नुभएको थियो । सो अवसरमा  नेपाल पत्रकार महासंघका पूर्व महासचिब ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका एन.के.दाहाल लगायतले बोल्नु भएको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: क्रान्तिकारी पत्रकार संघको दुई नम्बर प्रंदेशको सहइचार्जमा खनाल निर्वाचित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top