-

  • नयाँ खबर

    20 February, 2016

    नेपाली सेनाद्वरा निःशुल्क स्वस्थ्य शिविर समपन्न, आखाँ, पाठेघर इन्फेक्सनको विरामीहरुको घुईचो, १५ सय बढीले लिए लाभ, (फोटो फिचर)

    फागुन ८ पर्सा २०७२
    मेरो समय ।
    नेपाली सेना बरख गण श्रीपुर वीरगंजले आज नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परवानिपुरमा वृहत निःशुल्क स्वस्थ्य शिविर समपन्न गरेको छ । 

    विरामीको दर्ता गर्दै नेपाली सेनाका जवानहरु । 
    भुकम्प र मधेश बन्दको पहिलो पटक आयोजना गरेको निःशुल्क स्वस्थ्य शिविरमा १५ सय भन्दा बढी विरामीले लाभ लिएका छन् । 
    नेपाली सेनाले आफ्नो समाजिक उतरदायित्वको लागि यस कार्यक्रमको आयोजना गरेको नेपाली सेना बरख गणका गणपति प्रमुख सेनानी नारायण बहादुर थापाले जनकारी दिए । शिविरमा खासगरी आखाँ, बालरोग, गाईनो लगायतको विरामीहरुले व्यापक रुपमा शिविरको लाभ लिएको प्रमुख सेनानी थापाले जनकारी गराउनु भएको छ । 
    शिविरमा चेकजाँच गराउदै विरामी ।
    खासगरी मधेश बन्दका बेला बढी टायर बालेको, धुलो धुवाले गर्दा आखाँ रोगका विरामीहरुको घुइचो लागेको केडिया आखा अस्पतालका प्रशासक प्रकाश बर्माले बताए । उनले भने सहभागि मध्ये सबै उपचारपछि निको हुने रोगीहरु छन् बढी त उमेर पुगि सकेका वृद्धहरु समेत रहेका छन् ।
    औषधी उपचारका लागि लाम लागेका सर्वसधारण ।
    यसैगरी शिविरमा उपचार गराउन आएका महिलाहरुमा खासगरी पाठेघरको इन्फेक्सन, आखा, घुडा, पेट दुख्ने लगायतको विरामीहरु उपचार गराउन आएका नरायणी उपक्षेत्रिय अस्पतालकी डक्टर लक्ष्मी थापा गुप्ताले बताईन् ।
    औषधी उपचारका लागि लाम लागेका सर्वसधारण ।
    शिविरमा हिड्न नसकेर आफ्नो ६ वर्षिय छोराको उपचार गराउन आएकी ममता देवीले यस्तो शिविरले हामीलाई धेरै राहत पुगेको बताएकी छिन् । 
    निशुल्क औषधी वितरण गर्दै नेपाली सेनाका जवान तथा चिकित्सकहरु । 
    वर्षमा एक दुई पटक यस्तो शिविर आयोजना भए उपचार गराउन नपाएका र अर्थ अभावका कारण अस्पताल सम्म जान नसकेका वृद्धहरुलाई समेत यस शिविरले फाईदा दिएको हो । 
    औषधी उपचारका लागि लाम लागेका सर्वसधारण ।
    शिविरमा नरायणी उप–क्षेत्रिय अस्पतालका चिकित्सकहरु फिजिसियनको डा.निरज सिंह, हाडजोर्निको डा. विरेन्द्र यादव, सर्जनको डा. मनोज गुप्ता, अर्थोको डा. शैलेश ठाकुर, बालरोगको डा. शाश्वत प्रसाद, गाईनोको डा. लक्ष्मी थापा र आखाँको डा. महेश यादव लगायत नेपाली सेना विरेन्द्र अस्पताल काठमाडौँबाट आएका चिकित्सकको टोलिले विरामीहरुको उपचार गरेका थिए । 
    निशुल्क औषधी वितरण गर्दै नेपाली सेनाका जवान तथा चिकित्सकहरु । 
     कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले व्यवस्थापनको भुमिका निर्वाह गरेका थिए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली सेनाद्वरा निःशुल्क स्वस्थ्य शिविर समपन्न, आखाँ, पाठेघर इन्फेक्सनको विरामीहरुको घुईचो, १५ सय बढीले लिए लाभ, (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top