-

  • नयाँ खबर

    13 February, 2016

    फागुन १ बाट टेलिकमको आकर्षक इन्टरनेट सुविधा, ३० रुपैयाँमा ५ घण्टासम्म चलाउन सकिन्छ नेपाल टेलिकमको वाइफाइ

    काठमाडौं, २९ माघ । नेपाल टेलिकमले आफ्नो वाइफाइ हटस्पट इन्टरनेट सेवामा विशेष सुविधा दिने भएको छ। फागुन १ गतेदेखि लागू हुने यो विशेष सुविधमा मात्र ३० रुपैयाँमा ९करबाहेक ० ५ घन्टासम्म ५१२ केबिपीएसको स्पीडमा इन्टरनेट चलाउन सकिनेछ।
    ३० रुपैयाँ तिरेर ५ घन्टासम्म चलाउन सकिने इन्टरनेट सेवाको समयावधि ७ दिनको हुने टेलिकमले जनाएको छ । यसअघि १० रुपैयाँमा २४ घन्टा भ्यालिडिटी रहेको १ घन्टे इन्टरनेट सुविधा टेलिकमले उपलब्ध गराएको थियो । यस्तो हटस्पट वाइफाइ नेपालका विभिन्न स्थानमा उपलब्ध छ ।
    वाइफाइमार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई धषष् टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने टेलिकमले जनाएको छ । उक्त सन्देश पठाएपछि टेलिकमले पासवर्ड पठाउँछ र त्यही पासवर्ड प्रयोग गर्दै सात दिनभित्र पाँच घन्टा इन्टरनेट चलाउन सकिन्छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फागुन १ बाट टेलिकमको आकर्षक इन्टरनेट सुविधा, ३० रुपैयाँमा ५ घण्टासम्म चलाउन सकिन्छ नेपाल टेलिकमको वाइफाइ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top