-

  • नयाँ खबर

    15 February, 2016

    इन्धन भित्रदै अभाव कायमै, १० दिनमा ६ सय ५७ ट्याकर वीरगंजबाट इन्धन भित्रिए


    वीरगंज भन्सार कार्यालय भएर सोमबार भारतबाट इन्धन भरेर आउदै ट्याकरहरु ।  तस्बिरः जियालाल साह
    फागुन ३ पर्सा २०७२   
    समाचार : जियालाल साह
    वीरगंज भन्सार कार्यालय खुलेयता १० दिनको अवधिमा ६ सय ५७ ट्याकर इन्धन भित्रिएपनि बजारमा सहज रुपले उपलब्ध हुन सकेको छैन् । माघ २२ गतेबाट वीरगंज भन्सार कार्यालय सञ्चालनमा आएदेखि झण्डै ११ हजार ७ सय २० के.एल इन्धन र ३० बुलेटको ५३६ टन ग्यास भित्रिएको छ तरपनि बजारमा अभाव भने कायमै रहेको छ । माघ २२ गतेबाट सञ्चालनमा आएको वीरगंज भन्सार कार्यलय भएर हिजो आइतवार सम्ममा १ सय ५३ ट्याकरको २७ सय ५४ के.एल पेट्रोल, ४२७ ट्याकरको ७३ सय ६४ के.एल डिजेल, ६ ट्याकर मट्टितेलको ८० के.एल, ७७ टयाकरको १६ सय ३२ के.एल हवाई इन्धन र ३० बुलेटको ६३६ टन ग्यास भित्रिसकेको वीरगंज भन्सार कार्यालयका निम्ति प्रमुख लोकराज पन्तले जनकारी गराउनु भएको छ । प्रत्येक दिनको तुल्नामा इन्धनहरु भित्रने काम बृद्धि भइरहेको उनले बताए । हिजो आईतवार मात्रै यस नाका भएर ३४ ट्याकर पेट्रोलको ५ सय ६८ के.एल, १ सय ५ ट्याकर डिजेलको १६ सय ७० के.एल, ७ बुलेट ग्यासको १ सय २६ टन ग्यास मात्रै भित्रिएको हो, यसबाट भन्सारले ३ करोड ११ लाख बढी रुपैया राजश्व संकलन गरेको निम्ति भन्सार प्रमुख पन्तले जनकारी दिनुभएको छ । वीरगंज भन्सार कार्यालयबाट इन्धन मात्रै ५ देखि ७ करोड बराबरको राजश्व संकलन गर्ने हुदाँ अझै पुरानो लयमा इन्धन आयात हुन नसकेको उनले बताए । 
    • वीरगंज भन्सार राजश्व संकलनमा असफल

    वीरगंज भन्सार कार्यालय यार्डमा थुप्रिएका मालबाहक गाडीहरु ।  तस्बिरः जियालाल साह
    मधेश बन्दयता साउन देखि माघ सम्ममा वीरगंज भन्सार कार्यलयको लक्ष्य ५६ अर्ब ६ करोडको २७.३६ प्रतिशत मात्रै संकलन गरी झण्डै ४० अर्ब ६० करोड राजश्व घाटा वीरगंज भन्सार कार्यलयले बेहोरेको हो । अझै सम्म नाका खुलेपछी पनि प्रत्येक दिनको २८ करोडको अहिलेको लक्ष्यमा जम्मा २० करोड ७२ लाखको तुल्नामा मात्रै राजश्व संकलन भइरहेको निम्ति भन्सार प्रमुख पन्तले बताए । 
    • अमलेखगंज डिपोको आफ्नै समस्या

    उता नेपाल आयल निगम मध्य क्षेत्रिय इन्धन अमलेखगंज डिपोका प्रबन्धक भानुभक्त खनालले अहिलेको अवस्थामा चारैतिर इन्धनको माग हवात्तै बढेकाले सबैतिर पु¥याउन कठिनाई रहेको बताएका छन् । उनले अहिलेको अवस्था निकै कम स्टकमा यदाकदा जेनतेन गरि प्रायःजसो यसडिपोबाट सम्बन्धीत प्रत्येक क्षेत्रमा इन्धन पठाउने काम भईरहेको दाबी गरेका छन् । उनले भने जाडो याममा अरु समयभन्दा २५ प्रतिशत बढ्ता इन्धन खपत हुने हुँदा माग अनुसार पुर्ति गर्न नसकेकाले नेपाल आयल निगममा बढता जनगुनासो र आक्रोश आएको बताए । अझै अहिलेको सिजन भनेको कृषक, खाद्यान्न उधोग, बस, सुख्खा बन्दरगाह, अस्पताल, दमकल लगायतलाई बढी र अति आवश्य रुपले नै इन्धन उपलब्ध गराउनु पर्ने हुदाँ उपभोक्ताको हकमा कमै पर्न गएकाले अभाव देखिएको उनले दाँबी गरे । उनले भने अहिले सबै ठाउँमा सटेज भईरहेको अवस्था छ, त्यसकारण हामि अमलेखगंज डिपोमा कम स्टक राखेरै भएपनि तेल वितरण गरि सहज वातावरण बनाउनमा लागेका छौँ ।
    अझैपनि हामीसंग ४५ वटा गाडीले अप एण्ड डाउन गरि इन्धन आयात गर्ने कामलाई तिब्रता दिएकाले यो समस्या चाडैनै टरेर जाने उनले दाबी गरे । काठमाडौँमा अभावको बारेमा अमलेखगंज डिपोबाट माग अनुसारको पुर्ति गर्न नसक्नु प्रमुख समस्या इन्धनका गाडी चालकहरुले लैजान नमानेकाले अफठयारो भएको उनले बताए । १०–१५ गाडी मर्मत सम्भारमै भईरहने भएकाले पनि यस्तो समस्या आएको उनले दुःखेसो पोखेका हुन् । तर त्यसकालागि पनि हामीले कसरी हुन्छ, चालकहरुसंग समन्वय गरेर पठाउने कामलाई तिब्रता दिएको उनले बताए ।





    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: इन्धन भित्रदै अभाव कायमै, १० दिनमा ६ सय ५७ ट्याकर वीरगंजबाट इन्धन भित्रिए Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top