-

  • नयाँ खबर

    25 February, 2016

    पप गीत सुन्दा बालकलाई मृत्युदण्ड

    एजेन्सी । मुसलमान धर्म कट्टर हुन्छ भन्ने त सुनिएको थियो तर, यति कट्टर हुन्छ भन्ने थाहा सायदै होला ।
    तर, इराकको मोसुलमा एक १५ वर्षीय किशोरलाई दिइएको सजायले प्रमाणित गरिदिएको छ । पश्चिमा देशहरुको पप गीत सुनेको भन्दै उनलाई गाउँले जम्मा गरेर मृत्युदण्डको सजाय दिइएको छ ।
    उनको हत्या इश्लामिक स्टेट ९आईएस०का लडाकुले गरेका हुन् । डेलीमेलको समाचार अनुसार १५ वर्षीय अयहैम हुसैन आफ्ना पिताको पसलमा पश्चिमी संगीत सुनिरहेका थिए त्यही बेला आईएसका जिहादिहरुले उनलाई पप संगीत सुन्दै गरेको देखे । उनलाईस्थानीय शरिया कंगारू कोर्टमा पेस गरियो, जहां उनलाई मृत्युको सजाय सुनाइयो ।
    त्यसपछि आतंकवादी लडाकुहरुले नाबालिग किशोरको टाउको खुलेयाम शरीरबाट अलग गरिदिए । यो घटनापछि स्थानीय नागरिक त्रास फैलिएको छ ।
    पप गीतले मुसलमान धर्ममा चोट पुगाएको भन्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । सिरिया र इराकमा अखडा बनाएर गतिविधी गर्दै आएको आईएस विश्वकै क्रुर तथा मुसलमान समर्थक आतंकवादी संगठन हो ।
    यो संगठनले पश्चिमा देशहरुलाई मुख्य दुश्मन ठान्छ । पछिल्लो समय पेरिसमा १३० जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि यो संगठनमाथि युरोपका देशहरुले तीव्र हवाई कारवाही गरिरहेका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पप गीत सुन्दा बालकलाई मृत्युदण्ड Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top