-

  • नयाँ खबर

    24 February, 2016

    एम्नेस्टी मानवअधिकार प्रतिवेदन सार्वजनिक

    काठमाडौँ, १२ फागुन  एम्नेस्टी इन्टरनेसनलले विश्वका विभिन्न मुलुकमा भएका मानवअधिकारको उल्लङ्घनका घटना समेटिएको प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
    विश्वका विभिन्न १६० मुलुकको मानवअधिकारको स्थितिका बारेमा विस्तृत चर्चा गरिएको सो प्रतिवेदनमा ११३ मुुलुकमा अभिव्यक्ति स्वतन्त्र हनन भएको, ३३ मुलुकले व्यक्ति बेपत्ता पारेको तथा १०३ मुलुकमा विपक्षीविरुद्ध अत्यधिक बल प्रयोग भएको उल्लेख गरिएको छ ।
    सन् २०१५/१६ मा भएको घटनालाई ४०८ पृष्ठमा विस्तृत व्याख्या गरिएको सो प्रतिवेदनमा मानव अधिकार हननका कारण विश्वमा ६ करोड मानिस विस्थापित भएको, १५६ जना मानव अधिकार रक्षकको हत्या भएको र १२२ देशमा नागरिकलाई यातना दिइएको उल्लेख छ ।
    प्रतिवेदन सार्वजनिक गर्दै सो इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको सन्दर्भमा हालै तराईमा भएको मधेसी जनताको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग भएको र त्यस घटनामा ६५ जनाको ज्यान गएको भन्दै राज्यले अदालतको आदेश पालना नगरेको तथा आप्रवासी श्रमिकको अधिकार कटौती गरेको उल्लेख गर्नुभयो ।
    निर्देशक रामेश्वर नेपालले विश्वमा नै मानवअधिकारको स्थिति खस्किएको बताउँदै २० मुलुकमा मात्र मानवअधिकारको स्थिति सन्तोषजनक भएको चर्चा गर्नुभयो ।
    सन् १९६१ मे २८ मा बेलायती कानुन व्यवसायी पिटर बेनेन्सनले एम्नेस्टी अभियान सुरु गर्नुभएको सो संस्थाका ७० लाख सदस्य विश्वका १५० मलुकमा कार्यरत छन् । रासस

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एम्नेस्टी मानवअधिकार प्रतिवेदन सार्वजनिक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top