-

  • नयाँ खबर

    25 February, 2016

    एसएसपीसहित पाँचविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं १३ फागुन २०७२ ।
    १३ फागुन, काठमाडौं । नेपाल प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविराज श्रेष्ठसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण विभागले मुद्दा दायर गरेको छ ।
    विदेशी मुद्राको अपचलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका उनीहरुविरुद्ध विभागले सम्पत्ति शुद्धीकरणको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको राजधानी दैनिकमा समाचार छ ।
    तत्कालीन एसएपी श्रेष्ठसहित उनका सवारी चालक प्रहरी हबल्दार सोभितबहादुर कार्कीसहित मुरारीलाल गोयल, राजेश अग्रवाल र विनोदकुमार सोनीविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोख्रेलले जानकारी दिए ।
    उनीहरुसँग विभागले १ करोड २४ लाख ३२ हजार ४६ रुपैयाँको बिगो दाबी गरेको पोखरेलले जानकारी दिए ।
    विभागले डेढ वर्षयता सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाएको यो नै पहिलोपटक हो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएसपीसहित पाँचविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top