-

  • नयाँ खबर

    15 February, 2016

    यातायात कार्यलय अगाडि धर्नागर्ने मार्चाको निर्णय

    फागुन ३ वीरगन्ज २०७२, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज स्थित नारायणाी यातायात कार्यलयमा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार  वीरगन्ज स्थित टिवडेवाल धर्मशालामा सम्पन्न भएको मोर्चाको  बैठकले मधेस आन्दोलनको भावना विपरीत यातायात कार्यालयले जरिवाना शुल्क लिएर मधेसी जनतालाइ अनावश्क दुख दिएको विरोधमा मगंलबार त्यसको बिरोधमा कार्यालय अगाडि एक घन्टा धार्नाको कार्यक्रम गर्ने निर्णय गरिएको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । उनले भने, ‘सदिऔ देखि मधेसी जनतासगं  बिभेद हुदै आएको छ र यो सरकार पनि मधेसी बिरोधी रहेको यो घटनाले प्रमाणित गरेको छ ।’ मधेस आन्दोलन र मधेसी जनताको भावना विपरीत ल्याइएको सविधानको बिरुद्धमा लगभग ६ महिना देखि भइरहेको आन्दोलनका कारण कार्यालयहरु बन्द रहेपनि मधेसी जनतालाइ अनावश्यक दुख दिनको लागी सवारी साधनहरुमा सतप्रतिशत जरिवाना लिनेकार्य घोरमधेस बिरोधी रहेको मोर्चाको ठहर रहेको छ । धर्नाबाट पनि जरिवाना लिनेकार्य नरोकिए अझ शसक्त आन्दोलन गरिने मोर्चाको ठहर रहेको छ ।
    संघीय समाजवादी फोरमको केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गरि, जिल्ला अध्यक्ष प्रदिप यादव , तराइ मधेस लोकतान्त्रिक पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ता , ,सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी ,जिल्ला अध्यक्ष इमदाद गरि वारी ,तराइ मधेस सदभावनापार्टीका अध्यक्ष प्रेम चन्द्र कुशवाहा,राष्टिय मधेस समाजवादी पार्टी सचिव धर्मेन्द्र पटेल,नेपाल सदभावना पार्टी सचिव कृष्ण पटेल तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अंसारी ,उपाध्यक्ष नुरआलम अंसारी,सलाउदिन अहमद, दिपक यादव,कामेश पडितलगायतका स्थानिय नेताहरुको उपस्थितीमा सम्पन्न भएको बैठकले मधेसका विभिन्न जिल्लाहरुमा आन्दोलनकारीहरुलाइ फसाउने र मुदालगाउने कार्यसरकारी पक्षबाट अभियानकै रुपमा संचालन गरिएको प्रति खेदव्यक्त गर्दै त्यता मधेस बिरोधी कार्यहरु अबिलम्ब नरोकिए त्यसको कडाप्रतिवाद गर्ने समेत निर्णय गरिएको छ ।साथै बैठकद्धारा फागुन ५ गते विरगन्जमा मोर्चाले आयोजना गरेको बृहद लाठी जुलसलाइ प्रभावकारी बनाउन  मोर्चाका रहेका सातै दलको युवा विद्यार्थीहरुलाइ बिशेषरुपमा परिचलन गर्ने निर्णय समेत गरेको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यातायात कार्यलय अगाडि धर्नागर्ने मार्चाको निर्णय Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top