-

  • नयाँ खबर

    25 February, 2016

    यसरी गरौँ, सरकारी जागिरको तयारी !


    लोकसेवा आयोगले फागुन महिनाभर विभिन्न मन्त्रालयअन्तर्गतका नायब सुब्बाको लिखित परीक्षा लिँदै छ । धेरै विद्यार्थीको चाहना सरकारी जागिर खाने हुन्छ । तर, लोकसेवाको परीक्षाको विषयमा जानकारी नहुँदा प्रवेश गर्न सकेका हुँदैनन् । नासुको तयारी गर्दा पाठ्यक्रममा आधारित भई पढ्नुपर्छ । पाठ्यक्रममा सीमित भई प्रश्न सोधिने भएकाले त्यसैलाई मुख्य स्तम्भ बनाउनुपर्छ । पढ्दा पाठलाई एक–एक ध्यान दिएर पढ्नुपर्छ । एउटा पाठ बुझेपछि मात्र अर्को पाठ सुरु गर्नुपर्छ । पढ्दा जहिल्यै पनि नोट बनाउनुपर्छ । नबुझिएको विषयलाई नोट बनाएर समय–समयमा पढ्ने गर्नुपर्छ । नियमित रूपमा पढ्दा अलमल परेका विषयमा आफूभन्दा जानकार व्यक्तिलाई सोधेर स्पष्ट हुनुपर्छ ।
    सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थी सधैँ जिज्ञासु हुनुपर्छ । नियमित रूपमा पत्रपत्रिका रेडियो र टेलिभिजनमा समाचारमूलक विषयवस्तु हेर्ने, पढ्ने गर्नुपर्छ । मिडियाले समसामयिक विषयमा समाचार बनाउने भएकाले परीक्षाका लागि महत्त्वपूर्ण हुन सक्छ । लोकसेवासम्बन्धी गाइड, गेसपेपर बजारमा बग्रेल्ती भएकाले नाम चलेका लेखकको पढ्ने गर्नुपर्छ । संविधान ऐन कानुनका विषयमा लोकसेवामा धेरै प्रश्न सोधिने भएकाले दोहोर्‍याएर तेहेर्‍याएर पढ्ने बानी बसाल्नुपर्छ ।
    नियमित रूपमा पढ्ने विद्यार्थीको स्वास्थ्य कमजोर हुने भएकाले सधैँ तन्दुरुस्त राख्नुपर्छ । स्वास्थ्य तन्दुरुस्त भई पढेपछि धेरै बुझिने भएकाले शरीर सधैँ स्वस्थ राख्नुपर्छ । एउटा पुस्तक पढेर सकेपछि मात्र अर्को पुस्तक पढ्नुपर्छ । किताब पढ्दा समसामयिक विषय र बौद्धिक प्रश्न राम्रोसँग ख्याल गर्नुपर्छ । बौद्धिक र समसामयिक प्रश्नले धेरै अलमल गराउने भएकाले दोहोर्‍याएर पढ्ने बानी बसाल्नुपर्छ ।
    ( नयाँ पत्रिका
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी गरौँ, सरकारी जागिरको तयारी ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top