-

  • नयाँ खबर

    29 February, 2016

    डान्सबारमा विकृति, अब साडी र कुर्ता सलवार मात्रै ! अश्लील हर्कत गर्न नपाइने

    धनगढी, १७ फागुन । कैलाली सदरमुकाम धनगढीमा सञ्चालिन डान्सबारमा काम गर्ने महिलाले साडी र कुर्ता सलवार लाउनुपर्ने भएको छ ।
    डान्सबारमा विकृति बढ्दै गएको भन्दै ब्यवस्थित गर्न स्थानीय प्रशासनले सो निर्णय गरेको हो । डान्सबारलाई नियमन गर्न भन्दै आचारसंहिता समेत बनाएको छ ।
    प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चपागाईको अध्यक्षतामा बसेको बैठकले डान्सबारहरलाई व्यवस्थापन र नियमन गर्न आचारसंहिता निर्माण गरेको हो ।
    जसमा डान्सबार संचालनका लागि विभिन्न निकायबाट लिनुपर्ने इजाजत अनिवार्य रुपमा लिनुपर्ने, नेपाल सरकारको विभिन्न निकायमा तिर्नुपर्ने कर अध्यावधिक गर्ने, राती १० बजे अनिवार्य रुपमा बार बन्द गर्नुपर्ने, कर्मचारीहरुको व्यवस्थित विवरण राख्नुपर्ने, कर्मचारीहरुको लागि अनिवार्य परिचयपत्रको अनिवार्य व्यवस्था गर्ने, बार भित्र भद्र पोशाक ९साडी, कुर्ता सुरुवाल० को व्यवस्था गर्ने, बारमा महिला र पुरुषको बासस्थान अलग(अलग ठाउँमा राख्ने, कार्यरत कर्मचारीहरुको पारिश्रमिक पारदर्शी हुने गरी राख्नुपर्ने भनिएको छ ।
    त्यस्तै, मूल्यसूची प्रष्ट देखिने गरी मेनुको व्यवस्था गर्ने, साउण्ड सिस्टम राख्दा अरुलाई असर नपर्ने गरी व्यवस्थापन गर्ने, उत्तेजित र अश्लिल व्यवहारमा प्रस्तुत नहुने, ग्राहकहरुको सवारी साधनको पार्किङ र सवारी साधनको सुरक्षाको व्यवस्था मिलाउने, ग्राहकहरुले बारेमा कार्यरत महिला कर्मचारीहरुमाथि अभद्र र अश्लिल व्यवहार नगर्ने र ग्राहकलाइ असर पर्ने गरी धुम्रपान गर्न नपाइने आचारसंहिता बनाइएको छ । बैठकले निर्माण गरिएको आचारसंहितालाई अनिवार्य रुपमा अबलम्बन गर्न निर्देशन समेत दिएको छ । - चक्रपथ
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: डान्सबारमा विकृति, अब साडी र कुर्ता सलवार मात्रै ! अश्लील हर्कत गर्न नपाइने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top