-

  • नयाँ खबर

    24 February, 2016

    मधेश आन्दोलन र मोर्चाको चरित्र

    हरिशंकर शर्मा
    सिमााकनको मुख्य मुद्दा लिएर असार ३० गतेदेखि जारी मधेश आन्दोलन बिना निष्कर्ष माघ २५ गते मोर्चाले फिर्ता लिएको छ । सरकारसाग बार्ता बिना नै आन्दोलनरत संंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिनुले मोर्चाको चरित्र छर्लङ्ग भएको छ । संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी तथा सद्भावना पार्टी सम्मिलित मधेशी मोर्चाको अगुवाईमा चलि रहेको मधेश आन्दोलन उचाईमा पुगेको थियो तर आन्दोलनरत दलहरुले नै एक अर्कालाई दोषी ठहराउादै आन्दोलन फिर्ता लिए । राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन पाएर आफनो मााग सुनिश्चित हुने बेलामा जहाा बिहारका तथा भारतका केन्द्रीय नेताहरूको पूर्ण समर्थन प्राप्त रहेको बेला तथा मधेशी मोर्चाले सरकारलाई अन्तिम धक्का दिन महा गठबन्धन बनाउन तयार भएको अवस्थमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनलाई तुहाए, उनलाई कार्यवाही गर्ने भन्दै बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने मधेशी मोर्चाको निर्णयबाट मधेशी यी दलहरु मात्र पदको लागि सर्वसाधारणलाई प्रयोग गरेको प्रष्ट भएको छ ।
    मधेशी, आदिवासी, जनजाति, मुस्लिम लगायतका समुदायहरुलाई अधिकारको लडाई भनि लडाई, दर्जनौं युवाहरु शहिद भइसकेको अवस्थामा आन्दोलनलाई हााक्ने प्रमुख व्यक्ति नै अचानक आफ्नो भनाईलाई मोड्नुले सोझा साझा जनताहरुलाई प्रयोग गरि धोका दिएको स्पष्ट भएको छ । चारजना एक ठाउामा बस्न नसक्ने मधेशी मोर्चाका नेताहरूको चारित्रिक विशेषता रहेकोले महागठबन्धनको कुरा त असम्भव थियो नै तर भारतले सहयोगको सबल बैशाखी प्रदान गर्दा महागठबन्धन बनाउन मधेशी मोर्चा सफल होला भन्ने मधेशलाई एउटा झिनो आशा पालाएको थियो कि तर नेताका आवरणमा मधेशलाई भ्रमित पार्न आएका यी अगुवाहरू त तल्लो श्रेणीका ठेकेदार नै साबित भएका छन् । आफनो क्षेत्रमा एकाधिकार पाएका । मधेशका ठेकेदार । ठेक्का पट्टामा सधैं स्वार्थलाभको गुणन गर्ने चरित्र, अधिकार आन्दोलनमा पनि होमिएका, आफनो राजनीतिक प्रतिष्ठाका लागि मधेशका निर्दोष जनतालाई आन्दोलनको नाममा गाजर, मूला जस्तै कटाउन प्रतिबद्ध देखिएका तर आफनो फाइदाका लागि अधिकार आन्दोलनलाई निष्कर्षमा जान नदिने ठेकेदारहरूले अहिले चार दर्जनभन्दा बढि मधेशी सपूतलाई मारेर आन्दोलनलाई बिना निष्कर्ष समाप्त पारेका छन् । परिस्थिति अनुकूल रहादा रहादै मधेशी मोर्चाको यस्तो आत्मघाती निर्णय कसरी आयो रु सबै पार्टीका कार्यकर्ताहरूले आफनै नेताप्रति आशंका व्यक्त गरि आफनो असन्तुष्टता पोखि रहेका छन् । यहाासम्म कि आन्दोलनमा समर्थन गर्दै आएका वीरगन्जका क्रियाशील युवाहरुले आफ्नो नेताहरुमाथि विश्वास नभएको भन्दै आन्दोलनकारी समिति नै बनाए । के उनीहरुको यी ठेकेदारहरुको स्वार्थ पुरा गर्नका लागि नै आफ्नो सम्पूर्ण कामकाज ठप्प पारि परिवारलाई त्यागी आन्दोलनमा होमिएका थिए रु यो प्रश्नको विषय बनेको छ । 
    २०६२र०६३ सालको आन्दोलनपछि मधेशवादी दलहरुको बाहुल्यता बढि थियो संसदमा, तर उनीहरुले केही गर्न सकेन । आफुलाई क्षमता हुादाहुादै पनि मधेशीहरुको लागि केही नगरेका यस्ता ठेकेदार नेताहरुले २०७२ सालको आन्दोलनमा केही गर्लान् रु भने विश्वास कसैलाई थिएन तर एक पटक गल्ती जोसाग पनि हुन्छ सक्छ भन्दै युवाहरु पुनस् आन्दोलनमा हुइकिएका थिए । तर यस वर्षपनि आन्दोलनकारीहरुले धोका पाए । यसरी पटक पटक आन्दोलनको बहानामा आफ्नो स्वार्थ पुरा गर्न तल्लिन भएका यस्ता नेताहरुलाई सर्वसाधारण लगायत सम्पूर्ण सचेत वर्गले बुझ्दै अगाडि बढ्नुपर्ने बेला आएको छ, नत्र यिनीहरुले जनताहरुलाई प्रयोग गर्न छाड्ने छैनन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेश आन्दोलन र मोर्चाको चरित्र Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top