-

  • नयाँ खबर

    24 February, 2016

    भूकम्पपछि तेह्र बलात्कृत

    मेलम्ची, १२ फागुन । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको दश महिनामा पाँच बालिका र आठ युवती तथा महिला गरी १३ जनालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ ।
    विसं ०७२ जेठ २९ गते भोेताङको छिम्ती–१ बाट १५ वर्षीया बालिका बलात्कृत भइन् । राति ९ बजे उनलाई सोही गाविस बस्ने ५० वर्षीय ठेगा तामाङले जबर्जस्ती करणी गरेका हुन् ।
    त्यस्तै जिल्लाको ठूलोसिरुबारी–३ बस्ने ५२ वर्षीय रामकृष्ण भन्ने कृष्णबहादुर गिरीबाट सोही स्थानकी १३ वर्षीया बालिका घरको टहरोमा बसिरहेको अवस्थामा बिहान ११ बजे आफ्नै घरमा बलात्कृत हुन पुगिन् ।
    ठोकर्पा–३ मा रातको १२ बजे आफ्नै घरको टहरोबाट १४ वर्षीया बालिकालाई ३५ वर्षीय रामशरण पहरीले बलात्कार गरे । साँगाचोक–९ बस्ने २४ वर्षीय कोचम्फे भन्ने सरोज माझी र भोटसिपा–५ बस्ने ३६ वर्षीय पल्ले भन्ने सानो कुँवरले १४ वर्षीया भिन्नाभिन्नै दुई बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यलयमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारी बताउनुभयो ।
    सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रूपमा रहेको अधिकारीले बताउनुभयो ।
    त्यस्तै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मितिमा अन्य आठजना युवती तथा महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको बाह्रबिसे–३ बस्ने २७ वर्षीय अनिल थापा, भोटेचौर–४ बस्ने ३९ वर्षीय मोहनबहादुर तामाङ, इचोक–२ बस्ने ३२ वर्षीय मानबहादुर तामाङ, फुल्पिङकोट छ बस्ने १८ वर्षीय सानुलामा योञ्जन, चोकटी–७ बस्ने ४६ वर्षीय माइला भन्ने बेदबहादुर राउत, घोर्थली–३ बस्ने २३ वर्षीय पूर्णबहादुर थामी, इचोक–७ बस्ने ५९ वर्षीय मानबहादुर पण्डित र बाँडेगाउँ–४ बस्ने २६ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ परेका अभियुक्तमध्ये केहीको फैसला भइसकेको र केहीको बाँकी रहेको प्रहरीको भनाइ छ ।
    अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोग, सामाजिक परिवेशका कारण जबर्जस्ती करणीका घटना हुने गरेको जिल्लाका प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
    जिल्लामा बलात्कारको घटना नघटोस् भनेर विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको र गत वर्षको तुलनामा जबर्जस्ती करणीको घटनामा कमी आएको भए पनि यस्ता घटना घट्नु दुर्भाग्यपूर्ण भएको प्रहरी प्रमुख अधिकारीले उल्लेख गर्नु भयो ।
    आव ०७१/७२ मा सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा १० वटा मुद्दा दर्ता भएका थिए । आदित्य दाहाल - रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भूकम्पपछि तेह्र बलात्कृत Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top