-

  • नयाँ खबर

    25 February, 2016

    विद्युतिय बस ल्याउन प्रक्रिया अघि, अध्ययनका लागि चिनीयाँ टोलि नेपाल आउदै

    काठमाडौं १४ फागुन । २०७२ नेपालमा विदुतीय बस ल्याउने सम्वन्धमा प्रक्रिया अघि बढेको छ ।  जसअनुसार नेपालको सडक अध्ययनका र विद्युतिय बसको सम्भाव्यता अध्ययनका लागि चीनीयाँ टोलि आउने भएका छन् । चीनको मोटर कम्पनी सिआरआरसीटीका टोलि नेपाल आउन लागेका हुन् ।
    टोलि मार्च ५ सम्ममा काठमाडौं आइपुग्ने महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । ‘कम्पनीका प्रतिनिधिले नेपाली सडकमा कस्ता गाडी उपयोगी हुन्छन् भन्ने बारे अध्ययन गर्छ’ उनले भने । अध्ययन सकिएलगतै खरीदको प्रक्रिया शुरु गर्ने समेत उनले जानकारी दिए ।
    महानगरपालिकाका टोलि चीन गएको बेलामा कम्पनीसँग हाल रहेको गाडी नेपाली सडक सुहाउँदो नभएको भनेपछि चीनीयाँ प्राविधिक सहितको टोलिले नेपालको सडक अधययनमा इच्छा देखाएका थिए ।
    काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा सो कम्पनीसँग अपांगमैत्री विद्युतिय९ई० बस लागेको हो । चीनले नेपाल सरकारलाई अनुदान स्वरुप २० ओटा विद्युतीय बस उपलब्ध गराउन लागेको हो । त्यस्तै नेपाल सरकारले काठमाडौं महानगरपालिकासँग मिलेर १० ओटा विद्युतीय बस खरीद प्रक्रिया सँगै अघि बढाएको छ ।
    चीनले उपलब्ध गराउन लागेको विद्युतीय बस एक पटक चार्ज गरेपछि २ सय किलो मिटरसम्म चल्ने छ । सो बस फुल चार्ज गर्न ३ घण्टा लाग्ने बताइएको छ । त्यस्तै एउटा चार्जिङ पम्पबाट दुई ओटा बस चार्ज गर्न मिल्छ । १४ इन्चको ग्राउण्ड क्लियरेन्स सो विद्युतीय बसको विशेषता हो । जसले गर्दा स्लोभको माध्यमबाट अपांगहरुले ह्वील चियरबाट बसमा चढ्न सक्छन् ।
    त्यस्तै बस भित्र ह्विीलचियर अट्ने छुट्टै ठाउँको समेत व्यवस्था गरिने छ । बसका केही सिटहरु पनि अपांगमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारी बताउँछन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्युतिय बस ल्याउन प्रक्रिया अघि, अध्ययनका लागि चिनीयाँ टोलि नेपाल आउदै Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top