-

  • नयाँ खबर

    22 February, 2016

    मधेशको आन्दोलनमा भारतीय नेताहरुले दिल्ली स्थित नेपाली दुतावास घेराउ गर्ने

    > मधेसको मागंपुरा नभएसम्म मोर्चाको आन्दोलन जारी रहने - फोरम नेता यादव

    नयां दिल्ली,फागुन 10
    दुबै देशको सरकारको गलत रवैयाको कारण नेपाल भारतको सम्बन्ध अहिले इतिहासमै कमजोर भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार नयां दिल्ली स्थित गांघी प्रतिष्ठानमा आयोजित गोष्ठी कार्यक्रमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन । भारत नेपाल मैत्री सघंले नेपालमा चलीरहेको मधेस आन्दोलनमा भारतको भुमिका विषय गोष्ठी कार्यक्रमका बक्ताहरुले दिल्ली र काठमान्डौको अदुरदर्शी चश्माको कारण नेपाल भारतको सम्बन्ध प्रगाढ हुन नसकेको बताए छन् । नेपालमा भइरहेको मधेस आन्दोलनलाइ समयमै सम्बोधन गएिकोे कारण सिमामा तनाव कायम रहेको बिषलेश्ण भारतीय नेता तथा बुद्धिजिविहरुको रहेको थियो । मधेस आन्दोलनको समर्थनमा भारत विभिन्न संवाद र गोष्ठी गर्दै आउनु भएका भारतीय पुर्व केन्द्रियमन्त्री डाक्टर रघुवंश प्रसाद सिहंले नेपालमा भारत सरकारको भुमिका रचनात्मक नभएकोले मधेसको मागं सम्बोधन हुन नसकेको बताए । उनले मधेसको मागं पुरा गराउनको लागी आफु सिमाका विभिन्न ४३ ठाउमा गोष्ठी गरिसकेको बताउदै दुइदेशको सम्बन्ध सरकार भन्दापनि जनता जनताको बिचहुनु पर्ने आवश्कता रहेको बताउ । काठमान्डौ र दिल्लीलाइ सचेत गराउनको लागी भारत नेपाल मैत्रीसघंले सोमबार दिल्ली स्थित नेपाली दुतावासको घेराउ गर्ने र मगंबार भारतीय लोकसभा तथा सरकारलाइ दबाव दिन दिल्ली स्थित जन्तरमन्त्रमा विरोध कार्यक्रमको आयोजना गरेको बताए । विहार सरकारमा सहभागी रहेको राष्ट्रिय जनतादलका उपाध्यक्ष समेत रहेका नेता सिंहले प्रधानमन्त्री केपि शर्मा ओलीको चाइना कार्डफेल भएपछि मात्र भारत भ्रमणमा आएको बताउदै मधेसको मागं पुरा नभएसम्म भारतबाट नेपालको सबिधानको स्वागत गर्न नहुने सुझव समेत दिए ।

    कार्यक्रमका अध्यक्षता गरेका जवाहरलाल नेहरु विश्वविद्यालयका प्रध्यापक आनंद कुमार सिन्हाले भारतको नेपालसगंको सम्बन्ध अहंकारी रुपमा रहेको टिप्पणी गर्दै नेपालमा मधेस र पहाड बिच बढेको दुरीले नेपाल भारतको समबन्धलाइ झनकमजोर पर्ने धारणा व्यक्त गरे । चिनले नेपाल भारत बिचको दुरीलाइ बढाउन कहिले नेपालसगं नजिकिएर भारतलाइ चिडाउने त कहिले भारतसगं नजिकिएर नेपाललाइ दुखदिने  षडयन्त्रहरु गरिहेकोले त्यसप्रति सजगहुन पर्ने आवश्कता रहेको प्रध्यापक सिन्हाको भनाइ रहेकोे थियो ।
    गोष्ठीमा बोल्दै संघीय समाजवादी फोरम नेता प्रदिप यादवले मधेस आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको बताउदै मागं पुरा नभएसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन जारी रहेने बताउनु भयो । उनले तीन दलले आफै भन्दै आएको संसारकै उतकृट संविधानलाइ किन पटक पटक सन्शोधन गरेको टिप्पणी गर्दै मोर्चाको सहमती विना मुलुकले निकास नपाउने बताए ।
    मधुबनीका पुर्वसासंद मगनीलालमन्डलले नेपालको संवीधानमा ल्याइएको नागरिकता सम्बन्धी प्रवधानले सदियौ देखि नेपाल भारतविच रहेको बैबाहिसम्बन्धलाइ निषेध गरेको बताउदै यसले मधेस मात्र नभइ पश्चिम बगांल र उत्तराखन्डको पहाडि भारतीयहरुलाइ समेत प्रभाव पारेको बताए ।
    जेएनयुमा विद्यावारिधी गरिरहेको नेपालका उद्धव प्याकुरेलले  भारतीय सरकारको अदुरदर्शी नितीको कारण नेपालीहरुलाइ दुखि बनाएको बताउदै सविधानमा गरिएको सुधारलाइ पनि भारतीय विज्ञहरुले अध्यन गर्नुपर्ने आवश्कता रहेको बताएका  थिए । उनले नेपाली प्रधानमन्त्री केपि शर्माओलीले सविधानमा देखिको असहमतीको बारेमा भारत भन्दा  मधेसीसगंको सवांद नेपालको लागी बढि हितकर हुने बताएका थिए  । गोष्ठीमा बिहार र उत्तरप्रदेशका सांसद,बिद्यायक,नेपालका जानकारबुद्धिजिवि , जेनयुका प्रध्यापक लगायत नेपाल र भारतको सचांरकर्मिहरुको उलेखनीय उपस्थिती रहेको थियो  ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेशको आन्दोलनमा भारतीय नेताहरुले दिल्ली स्थित नेपाली दुतावास घेराउ गर्ने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top